मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 5, 2011

धौलागिरीमै नमुनाका रुपमा बिकसित थाक पुस्तकालय

चन्द्रश्वर बस्ताकोटी
जोमसोम २२ , बैसाख

तल्लो मुस्ताङको टुकुचेमा २००८ सालमा स्थापना गरिएको थाक पुस्तकालय जिल्लाकै नमुना पुस्तकालयको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
गाउँका नागरिकहरुलाई शिक्षित गराउने उदेश्यले राणाकालिन अवस्थामा स्थापना गरेको यो पुस्तकालय प्रति मुस्ताङका बासिन्दा आर्कषित हुन थालेपछि अहिले दैनिक १ सयको हारहारीमा पाठक अध्यायन गर्न आउने गरेका छन् ।
पुस्तकालयको चर्चा देश तथा विदेशमा समेत हुन थालेपछि रिड नेपालले समेत केही आर्थिक सहयोग गरेपछि स्थानियबासिन्दामा निकै उत्साह छाएको थियो । अहिले रिड नेपालले नेपालमा सञ्चालन गरेका पुस्तकालय मध्ये यो नमुना नै भयो र पुरस्कार समेत ल्याउन सफल भयो ।
पुस्तकालयको अहिले करिब २४ लाख नगद मौजात रहेको छ भने पाठकको चाप संगै अहिले ७ हजार दुई सय भन्दा बढि विभिन्न विधाका पुस्तकहरू राखिएको छ । यो बर्ष मात्र करिव १ लाख ६० हजारको लगानी गरि नयाँ पुस्तक ल्याइएको पुस्तकालयका अध्यक्ष इन्द्रबहादुर तुलाचनले जानकारी दिनुभयो ।
पुस्तकालयले अहिले राम्रो आम्दानी गर्न सफल भएपछि  स्थानिय योगेन्द्र उच्च मावि, गाउँमा रहेका सामाजिक संस्थाहरुलाई आर्थिक सहयोगका साथै प्रत्येक बर्ष स्रस्ताहरुलाई सम्मान समेत गर्ने गरेको छ ।
आफ्नै तिनतले भवनको पुस्तकालयमा बाल कक्ष, फोन, फ्याक्स, इमेल, इन्टरनेटका साथै जिल्लाका पुराना बस्तुहरु समेत राखिएको छ ।
३५ जिल्लामा ४५ बटा पुस्तकालयलाई सहयोग गदै आईरहेकोे रिड नेपालको सक्रियतामा पछिल्ला केही बर्षमा मुस्ताङको टुकुचे, जोमसोम र लोमान्थाङमा स्थापना भएको पुस्तकालयका साथै नेपालभरीमा उत्कृष्ट पुस्तकालय हुन सफल भएपछि विदेशी सहयोगीले यो पुस्तकालयको अवलोकन गर्न गरेकाछन ।

No comments:

Post a Comment