made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
जिर्ण मुक्तिनाथमन्दिर भासीन सक्ने खतरा, नर्साङ गुम्वाको जिर्णोद्धार भएन
पुर्ण रुपले नभत्के सम्म नबन्ने हो की ? गर्न थालियो संका
चन्द्रश्वर बस्ताकोटी
जोमसोम
बिगत ५ बर्ष देखी खतरामा परेको हिन्दु तथा बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दििरको पुर्ण रुपले नभत्के सम्म जिर्णोद्धार नहुने शका पुजारीहरुले गर्नथालेका छन । वर्षौपुरानो मुक्तिनाथ मन्दिर भुमिगत जलप्रवाहका कारण भासीने खतरा बढदै गएको छ भने त्यहाँ रहेका पुराना मन्दिर र गुम्वाहरूको संरक्षण हुन नसक्दा समस्याहरू बढ्दै गएका छन् ।
पुर्ण रुपले नभत्के सम्म पुरातत्व बिभागले पुरातात्वीक महत्वको जिर्ण मुक्तिनाथ मन्दिर छुन नदिने भएकाले मन्दिरको जिर्णोद्धार हुन नसकेको मुक्तिनाथका पुजारी कृष्ण सुबेदीले बताउनु भयो । मुक्तिनाथ मन्दिरमा भूमिगत जलप्रवाहले मन्दिर कुनै पनि बेला भत्कन सक्ने भूगर्भविद्हरूले चार वर्षअघि तीन महिना लगाएर खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले जनाए पनि हाल सम्म कुनै काम हुन सकेको छैन । भूगर्भविद्हरूले मन्दिर वरपर भूमिगत नाला बनाउन सुझाव दिएका थिए । भूमिगत जलप्रवाहको वहावलाई रोक्न नाला बनाउन प्राविधिकहरूको टोलीले सुझाव दिएको थियो । मन्दिर परिसरमा भूमिगत नाला बनाउदा पानीको स्रोत हराउने भन्दै स्थानियवासीले नाला बनाउने कामको विरोध गरेपछि पुरातत्व विभागबाट केहि बर्ष अगाडी विनियोजित वजेट फिर्ता भएको थियो । अध्ययनले पुर्वतर्फको भाग पश्चिमतर्फ ढल्किएको पाईएको छ ।
दुइबर्ष अगाडी मन्दिर परिसरमा रहेको पर्खालको सामान्य मर्मत मात्र भएको छ । मुक्तिनाथभन्दा केही पर रहेको ज्वालामाई मन्दिरमा तल पानी र आगोको अचम्म दृश्य देखिन्छ । यहीँबाट बगेको पानी कागवेनीमा पुगेर दामोदरकुण्डबाट आएको कालि नदिमा मिसिन्छ । यहाँ रहेको नर्साङ गुम्बा पनि पुरै जिर्ण भएकोछ । मुक्तिनाथ मन्दिरभन्दा दुई सय वर्षपुरानो यो गुम्बाको भित्री खम्बाहरु बाङ्गीएका छन् । जुनसुकै समयमा गुम्बा भत्कने डरले त्यहाँ बस्दै आएका आनी(झुमा)हरू बस्न छाडेको धेरै भईसकेको छ । नजिकैको कृष्णमन्दिरमा मुसाले गुँड बनाएका छन् । अनुसन्धानकर्ताहरूले झन्डै ७ सय रोपनी क्षेत्रफलमा फैलिएको मुक्तिनाथ क्षेत्रमा कमजोर भू–वनोटका कारण जथाभावी वृक्षरोण नगर्न सुझाव दिएका छन् । कमजोर भू–वनोट र भू–स्खलनका कारणले विरुवा रोप्दा जरा र उचाइ कम भएको रोप्नु उपयुक्त हुने सुझाव दिइएको छ । नाला वनाउँदा जलस्रोत लोप हुने र मन्दिरको जगमा पनि असर पर्ने संम्भावनाले निर्माण कार्यमा अवरोध गरीएको स्थानियवासी बताउँछन् । समुन्द्रि सतहदेखि करिव चार हजार मिटर उचाइको भगवान् विष्णु शिलारूप शालग्राममा विराज भएको बिश्वास रहेको मुक्तिनाथ मन्दिर वि.स १८७१ मा पुन निर्माण भएको वताईन्छ । बौद्ध धर्मावलम्वीहरूले तान्त्रिक सिद्ध गुरु रिन पो छे सँग समेत जोडेर हेर्ने यसलाई ब्वालाजी चैन रे मिन अवलोकीतेश्वरका रूपमा मान्ने हुँदा मुक्तिनाथ बौद्ध तथा हिन्दू धर्मावलम्वीको साझा र पवित्र तिर्थस्थल बनेको हो ।
कुन दिन ऐतिहासीक महत्बको राष्टिय सम्पत्ति भासीनेहो की भन्ने खतरा दिनानु दिन बढेको छ । अगाडी रहेको पोखरीहरु र पानीका कारण पुरानो भएका धार्मीक एव एतिहासीक महत्व भएका क्षेत्र, सामाग्री भासीने सम्भाबना बढेर गएको, भन्दै मन्दिर संरक्षणमा कसैले ध्यान नदिएको करिब ७५ लाख मुक्तिनाथ बिकास समीतीसग बचत रहेर पनि त्यसले खासै ठुलो काम गर्न नसकीने पुजारी सुवेदीले जानकारी दिनु भयो । मन्दिर भित्र उठने भेटी लेखाजोखा नहुने हुदा कति सकलन हुन्छ जानकारी नभएको, भित्रको सबै भेटी परम्पराकाल देखि आनीहरुले उपभोग गदै आएको समेत उहाले बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment