made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
तापक्रम बृद्धीको असर स्याउखेतीमा – स्याउबारीमा तरकारी र अन्न खेती
चन्द्रश्वर बस्ताकोटी
ताग्लुङ(कुञ्जो)
३ दसक अगाडी स्याउको उत्पादन राम्रो मानीने मुस्ताङको कुञ्जो र लेते गाविसमा स्याउ उत्पादन हुन छाडेको छ । कृषकहरुले स्याउको विकल्पमा तरकारी र अन्नबालीको खेती गर्न थालेका छन् ।कृषकहरूले स्याउका बोट मासेर मकै, गहुँ, जौ, उवा, आलु, सिमी, फापर लगायत अन्नवाली र तरकारी खेती गर्न थालेका हुन् ।कुनै समय लटरम्म फलेका स्याउका दानाले भरिएर मनमोहक देखिने कुञ्जोको ताग्लुङ स्थित स्याउबारी अहिले मकैबारीमा परिणत भएको छ ।स्याउ फल्न छाडेपछि अन्न र तरकारी खेती गरिएको ताग्लुङकी शारदा गौचनले बताइन । अनुकुल वातावरणको अभावमा स्याउ उत्पादन हुन छाडेको कृषकहरुले बताएका छन् । स्याउका बोट मासेर अन्न र आलु खेती गरेको गौचनले बताएकी हुन । पहिले करिब १ सय भन्दा बढि स्याउका बोट भएको गौचनको स्याउबारीमा हाल २ वटा मात्र स्याउका बोट छन् ।उपल्लो ताग्लुङका कृषक ईन्द्रलाल तुलाचनले पनि स्याउका बोटमा फलनै नलाग्ने समस्या देखिए पछि विकल्प खोजीएको बताए । ३० वर्ष अघि ५ सय रोपनी भन्दा बढी जमिनमा स्याउ खेती हुने ताग्लुङमा अहिले औलामा गन्न सकिने स्याउका बोट छन् ।नगन्य मात्रामा भएका बोटमा पनि न्युन र नराम्रो फल लाग्ने गरेको छ । फल पनि स्वादीलो नहुने स्थानीयबासी पदमा बिसी बताइन । पहिलेको तुलनामा भएका बोटमा ५ प्रतिशत भन्दा कम फल उत्पादन मात्र नभई स्याउका बोटमा सानो दाना र टर्रो स्वादको फल लाग्ने गरेको छ ।गुणस्तरीय दाना उत्पादन नभएपछि कृषकहरुले स्याउ खेतीको विकल्प खोजेका बताउँछन् । ४ दशक पहिले स्याउखेती सुरु गरेका ताग्लुङबासीले एक दशक मात्र उत्पादन लिन पाएको कृषक तुलाचनले बताए ।
स्थानीयबासीहरुका अनुसार तुसारो र वर्षा बढी हुने तथा हिउँ कम पर्ने गरेकाले स्याउ खेतीलाई अनुकुल वातावरणको अभाव भएको हो । उनीहरुको अनुभवमा जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत मेघनाथ तिमिल्सीना पनि सहमत छन ।कुञ्जो र लेते गाविसमा स्याउ खेती नहुनुका विषयमा अध्ययन बिना केही भन्न नमिल्ने बताउँदै उनले भने–“अनुकुल वातावरणको अभावमा स्याउ उत्पादन हुन छोडेपछि कृषकहरु अनुकुलन हुँदै तरकारी र अन्न खेतीमा लाग्नु स्वभावीक हो ।”कृषी विकास कार्यालयका अनुसार कुञ्जो र लेतेमा मात्र नभएर छिमेकी कोबाङमा पनि केही वर्षयता स्याउ उत्पादन घटेको छ । कोबाङमा उत्पादन हुने स्याउको स्वादमा पनि विगतको तुलनामा केही परिवर्तन भएको कृषकहरुले बताएका छन् ।मुस्ताङको कम उचाईमा अवस्थित लेते, कुञ्जोमा स्याउ खेती हुन छाडेपनि उपल्लो मुस्ताङका मुक्तिनाथ, झोङ, छुसाङ लगायतका गाविसमा भने स्याउ उत्पादन राम्रो हुन थालेको बरिष्ठ कृषी विकास अधिकृत तिमिल्सीनाले बताए । स्याउ उत्पादन नहुने उपल्लो मुस्ताङका ५ बटै गाबिसका स्थानिय बासीन्दाले केहि बर्ष यता स्याउका बोटहरु रोप्न थालेका छन ।
समुद्रि सतहबाट २ हजार १० देखि ३ हजार ८ सय मिटर उचाईमा स्याउ खेती हुन्छ । मुस्ताङको लेते समुद्रि सतहबाट २ हजार ४ सय ८० र मुक्तिनाथ ३ हजार ८ सयको उचाईमा अवस्थित छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment