made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
हतारमा संविधान जारी गर्नुहुन्न — रक्षामन्त्री पौडेल
मुस्ताङ २७ बैशाख
रक्षामन्त्री विष्णु पौडेलले शान्ति प्रक्रिया निष्कर्षमा पुगेपछिमात्र नयाँ संविधान जारी हुन सक्ने वताउनु भएको छ । म्याग्दीको उत्तरी क्षेत्रको पर्यटकीय क्षेत्र भुरुङ तातोपानीमा सोमवार रुप्से तातोपानी अन्नपूर्ण पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले माओबादीको लडाकुको समायोजनको टुङगो नलागेसम्म शान्ति प्रक्रियाले गति नलिने भन्दै हतारमा संविधान जारी गर्न नहुने बताउनुभएको हो ।सेना समायोजनका विषयमा विभिन्न दलबाट आएका प्रस्तावको कुनै औचित्य नभएको भन्दै नयाँ र सुहाउदौ तरिकाले समायोजनको प्रक्रिया सुरु हुने समेत बताउनुभयो ।निर्धारित मितिमा संविधान जारी गर्न सम्भावना निकै न्युन रहेको भन्दै मन्त्री पौडेलले देशमा संवैधानिक रिक्तता उत्पन्न र हिंसा तथा प्रतिहिसाको खतरा निम्तीन सक्ने भएकाले संविधान निर्माणमा हालसम्म भएका उपलब्धहरूलाई सार्वजनिक गनुपर्नेमा समेत जोड दिनुभयो ।म्याग्दीको कार्यक्रममा सहभागि हुन आउनुपुर्व मन्त्री पौडेलले उपल्लो मुस्ताङको लोमान्थाङ पुगेर अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङको सिएमसि भवनको उद्घाटनपछि स्थानियबासिन्दा संग छलफल,पवित्र तिर्थस्थल मुक्तिनाथको दर्शन कागबेनी श्राद्ध स्थलमा तपर्णका साथै नेपाली सेनाको उच्च शिखर शिक्षालय जोमसोमको निरिक्षण र रक क्लाइम्बिङको अवलोकन समेत गनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment