made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
पश्चिमाञ्चल विहानै देखि बन्द, मुस्ताङ र मनाङको जिल्लास्तरमा कुनै प्रभाव परेन
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ६ जेठ ।
ब्राम्हण जातिको बन्दका कारण शुक्रवार विहानै देखि पश्चििमाञ्चलको जनजीवन प्रभावित बनेको छ । पश्चिमाञ्चलका मुस्ताङ र मनाङमा भने बन्दले खासै प्रभाव पारेको छैन । बन्दका कारण अधिकास क्षेत्रमा कक्षा ११ को परीक्षा दिन जाने परीक्षार्थीहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । सवारी साधनको अभावमा पर्यटकहरु ठाउ ठाउमा अलपत्र परेका छन भने बन्दले पैदल यात्रा गर्ने पर्यटकको सख्या समेत घटेको छ ।
यस अघिका बन्दमा बजारका चोकचोकमा चोकमा मानिसहरु देखिने गरिएको भए पनि पनि ब्राम्हण जातिको बन्दमा भने बन्द गराउदै हिडने खासै मानिसहरु देखिएका छैनन् । विभिन्न जातजातिले बन्द हड्ताल गरी आफ्ना मागहरु पूरा गरेको र ब्राम्हाण जातिको अधिकार कटौती हुँदै गएको, बिभेदकारी नितिको अन्त्यगर्न, बिभिन्न जनआन्दोलनमा सर्वाधिक बलिदान गर्ने जातिलाई राज्यले दोस्रो दर्जाको नागरिक बनाएको भन्दै शुक्रवार पश्चिमाञ्चल बन्दको घोषणा गरिएको बताइएको छ । बिहिबार बेलुकी पश्चिमाञ्चलका बिभिन्न शहरमा राके जुलुस गदै बन्दको आह्वान गरिएको थियो । राके जुलुसले जातिय राज्य चाहिदैन, राम्रो र हाम्रो सबिधान जारी गर, बाहणलाई पनि आदिबासी घोषणा गर जस्ता नारा लगाएको थियो ।
बन्दका कारण मुस्ताङ र मनाङमा स्थानिय स्तरमा कुनै प्रभाव नपरे पनि बाहिरी जिल्लाबाट आउने गरेका आन्तरीक एव बाह्यय पर्यटकको सख्या ह्वात्तै घटेको छ । बाहण जातिको बसोवास न्युन रहेकाले यी क्षेत्रमा कम प्रभाब देखिएको बताइन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment