मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 19, 2011

सिमा क्षेत्रमा चिनियाँ मोटरसाईकलको प्रयोग बढदो,

भन्सार उढाउन नसकेपछि कार्य क्षेत्रमा नगएको भन्सारका कर्मचारीको भनाई

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ ,५ जेठ
चिनकोे स्वशासित क्षेत्र तिब्बतको सिमासग जोडीएका उपल्लो मुस्ताङका गाविसमा चिनियाँ मोटरसाइकलको प्रयोगमा बढ्न थालेको छ ।
सिमा क्षेत्रका छोसेर, लोमाङथाङ, छोन्हुप, चराङ र घमी गाविसमा चिनियाँ नं प्लेट भएका मोटरसाईकलको प्रयोग बढ्ने गरेको लोमान्थाङका स्थानिय बासिन्दा इन्द्रघारा विष्टले बताए । चिनको स्वशाशित क्षेत्र तिब्वती बजारमा २० देखि ५० हजारमा मोटरसाइकल पाइने भएकाले सिमा क्षेत्र नेपाल तर्फको भुभागमा सहजै मोटर चल्ने ४२ कीलोमीटर सडकमा चिनिया मोटरसाइकलको प्रयोग बढ्न थालेको हो । नेपाली बजारका मोटरसाइकल पु¥याउन सडक नजोडिएको र नेपाली बजारमा भन्दा निकै सस्तो मुल्यमा पाइने भएकाले यसको प्रयोग बढ्न थालेको हो । जिल्लामा भएको भन्सार कार्यालयका कर्मचारी बिगत ६ बर्ष देखि तलबमात्र बुझ्न आउने गरेकाले भन्सार नतिरेका मोटरसाइकल चलाउन स्थानियबासिन्दा बाध्य भएका छन ।
नेपालीहरुले तिब्वति मोटरसाइकल किनेर चलाए पनि तिब्वती जिप, ट्रकहरु समेत प्राय लोमन्थाङ र कहिले काही घमी गाबिस सम्म पनि आउने गरेको छोसेरका टासी गुरुङले बताए ।

गैरकानुनी तरिकाले चिनियाँ गाडी र मोटरसाइकलको प्रयोग गरिएको फेला परेमा सिमा प्रहरी चौकी लोमान्थाङले नियन्त्रणमा लिइ कावाही गर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।
तिब्वती ब्यापारीले उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा आयोजना गर्ने गरेको ब्यापार मेलामा गैरकानुनी तरिकाले सामाग्री ल्याई  विक्रि गर्ने गरेको जिल्लामा तलब बुझन आएका भन्सार प्रमुख खरदार श्याम  प्रसाद खड्काले  बताए ।

आफना कर्मचारीहरु २ जना गतबर्ष कोराला नाका नजिकै भएको ब्यापार मेलामा भन्सार उढाउन गएर पनि राजस्व  उढाउन नसके पछि त्यसै फर्केको उनको दावी छ । कोराला नाकामा रहेको प्रहरीले सहयोग नगरे पछि त्यसबेला आफना कर्मचारीहरु रित्तोहात फकर्नु परेकोले सहकार्य हुने गरि अबका दिनमा  त्यस तर्फ आफुहरु जाने बताउदै आफु भने स्वास्थ्यक कारण  कोराला भन्सार जान नसक्ने बताए  । उनले भने आफ्नो कायालयमा बस्ने सुबिधा भए जोमसोममै निरन्तर बसेर कामगर्ने थिय, यी सबै कुरा मेरो विभागमा  जानकारी गराएको छु ।

No comments:

Post a Comment