made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Tuesday, May 24, 2011
७ बर्ष देखि सिमा, यार्सागुम्वा संकलन, प्राकृतिक श्रोतको प्रयोगका विषयमा उपल्लो मुस्ताङका ३ गाउ बिचको बिवा७ बर्ष देखि सिमा, यार्सागुम्वा संकलन, प्राकृतिक श्रोतको प्रयोगका विषयमा उपल्लो मुस्ताङका ३ गाउ बिचको बिवाद समाधान
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ३० बैशाख
विगत ७ बर्ष देखि सिमा, यार्सागुम्वा संकलनका साथै प्राकृतिक श्रोतको प्रयोगका विषयमा उपल्लो मुस्ताङको छुसाङ र सुरखाङ गाविसमा रहेका ३ गाउ बिचको बिवाद शुक्रबार समाधान भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा विवादित क्षेत्रका बासिन्दा र सरोकारवाला निकायको सहभागितामा सिमा क्षेत्रका प्राकृतिक स्रोतको समान प्रयोग गर्ने विषयमा दुवै गाविसका बासिन्दा विच सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको सक्रियातामा भएको छलफलमा ५ बुदे सहमति गरेपछि लामो समयसम्मको सिमा विवाद समाधान भएको छ ।
सो छलफलमा नरिक–चले क्षेत्रबाट यार्सागुम्वा संकलन गर्न छुसाङ, तेताङ र ताङग्यालाई तेताङले संकलन पुर्जी काटेर सकलन गर्न दिने, याक हिमाल देखि पुर्व उत्तरको स्याजे लगाएत घोल, कर्चि, सालक, रिवुक घोक, याकखोला वरपरका क्षेत्रबाट यार्सागुम्वा संकलन गर्न छुसाङ र ताङग्या गाउँबाट पुर्जी काटी सकलन गर्न पाइने लिखीत सहमति भएको छ । त्यस्तै याक हिमाल पुर्व उत्तर क्षेत्रमा परम्परा देखि चरन क्षेत्रको रुपमा प्रयोग भइरहेको खर्कमा जनावर चरन गर्न पाउने त्यसको मल भने छुसाङले प्रयोग गर्न पाउने लगाएतका ५ बुदे सहमति भएको छ । सहमतिको पालना नगर्नेलाई नियम अनुसार कारवाही गरिने समेत सहमतिमा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
गाबिसको विवादीत क्षेत्रमा ठुलो परिमाणमा यार्सागुम्वा पाइने भएकाले पटक पटक प्रयोगका विषयमा निरन्तर बिवाद हुने गरेको थियो । सो विवाद समाधान गर्न एमाओवादी, एमाले र काग्रेसका प्रतिनिधि, लोमान्थाङका लामा नवाङ कुला विष्ट, शसस्त्र प्रहरी नायव उपरिक्षक भरत कोइराला, जनपथ प्रहरी नायव उपरिक्षक रामकुमार थापा, पुर्ब जिल्ला बिकास उपसभापति पेमा छिरिङ गुरुङ, छुसाङ गाविसको छुसाङ, तेताङ र सुर्खाङ गाविसका बासिन्दाका साथै अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख सहित प्रतिनिधिहरू, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख समेतको सहभागिता रहेको थियो ।
बिवाद समाधान भएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेले आफ्नो मुस्ताङ आए पछिको सबै भन्दा खुसीको दिन भएको बताउनु भयो । स्थानिय तिनै गाबिसका प्रतिनिधिले आगामी दिनमा सबै मिलेर अगाडी बड्ने बताएका छन । विवाद समाधान भएको खुसीयालीमा एक्यापले शुक्रबार राती रात्री भोजको समेत आयोजना गरेको छ ।
< Prev | Next > |
---|
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment