मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, May 24, 2011

बिटिएस बन्द हुँदा म्याग्दी र केही मुस्ताङका सेवाग्राही मर्कामा


चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ ७ जेठ ।
मुस्ताङका छिमेकी गाबिसहरु म्याग्दीको तातोपानी, दाना र नारच्याङ गाबिस र लेते गाबिसको केहि तल्लो भागका सर्वसाधारण भुरुङ तातोपानीमा रहेको मोवाईल फोनको बिटिएस बन्द हुँदा मर्कामा परेका छन् ।
नेपाल टेलीकमले स्थापना गरेको प्रिपेड र पोस्पेड मोवाईलको बिटिएर टावर विद्युत आपूतीमा भएको अनियमितताका कारणले बन्द भएपछि सर्वसाधारण मर्कामा परेका हुन ।
साथमा मोवाईल भएपनि बिटिएस बन्द हुँदा कुराकानी गर्न नपाएको स्थानीयबासी आत्मा तुलाचनले बताए । विद्युत आपूर्तिमा भएको गडबढीले टावरका सामाग्रीमा क्षत्ती पुगेपछि बिटिएस एक महिनादेखि बन्द अवस्थामा छ ।
भुरुङ तातोपानी, दाना, नारच्याङ गाविसका साथै मुस्ताङको केहिभागका करिब ५ हजार मोवाईल उपभोक्ता बिटिएस बन्द हुँदा मर्कामा परेको तुलाचनले बताए । नेपाल टेलीकम म्याग्दी शाखाका ईश्वरी आचार्यका अनुसार हाई भोल्टेज विद्युतका कारण बिटिएसका उपकरणमा क्षत्ती पुगेको  हो ।१ सय ५ भोल्ट विद्युत आवश्यक पर्ने बिटिएसमा १ सय ४५ भोल्टेजको विद्युत आपूर्ती हुँदा अधिकांश उपकरणमा क्षती पुगेको टेलीकमले जनाएको छ । मर्मत सुरु गरेको जानकारी दिँदै धेरै उपकरण मर्मत र परिवर्तन गर्नुपर्ने भएकाले केही समय लाग्ने आचार्यले जानकारी दिए । हाई भोल्टेज विद्युत आपूती हुँदा घरमा रहेका फ्रिज, टीभि, राईस कुकर जस्ता सामानमा क्षत्ती पुगेको भएपनि सम्बन्धित निकायले वेवास्ता गरेको स्थानीयबासीले बताएका छन् ।

No comments:

Post a Comment