मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 19, 2011

हिमाली क्षेत्रका बिकट गाउमा पनि जनगणना शुरु

चन्द्रश्वर बस्ताकोटी मुस्ताङ, जेष्ठ ४
कोही नछुटा,ै कोही नदोरीयौ अक्सर बसोवास गरेकै स्थानबाट आफ्नो बिवरण लेखाऔ भन्ने नाराका साथ शुरु भएको राष्टिय  जनगणना २०६८ हिमाली क्षेत्रका बिकट बस्तिहरुमा पनी शुरु गरिएको छ । जेष्ठ १ गते देखि नेपाल भरका बस्तिहरुमा पहिलो चरणको जनगणना शुरु भएको हो ।

१ सय बर्ष पछि को ११ औ राष्टिय जनगणनाको पहिलो चरणमा घर परिवार सुचिकण लगत को घरमुलीको नाम, थर, जात जाती, परिवार अक्सर बसोवास गर्ने सदस्य सख्या, जम्मा परिवार सख्या, महिला,  पुरुष, तेस्रो लिगीको तथ्याक,  कृषी क्षेत्रमा चलन गरेको जग्गाको क्षेत्रफल, कृषी प्रयोजनको लागि पालिएका पाल्लु जनावर पशुपक्षिको तग्थ्याक सकलन गरिएको छ । कृषीका लागि प्रयोग गरिएको जग्गाको क्षेत्रफल र पाल्तु जनावरको तथ्याकले आगामी कृषी गयानाको लागि नमुना छनेट गर्न मद्दत पुग्ने मुस्ताङका जिल्ला जनगणना प्रमुख आनन्द राज अयालले बताए ।
जेष्ठ १ गते देखि १८ गते सम्म पहिलो चरणको कार्य सम्पन्न गरिने छ भने असार ३ गते देखि १३ गते सम्ममा सम्पन गरिने बताइएको छ । मुस्ताङका १६ गाबिसमा ११ जना सुपरिवेक्षक गणकले पहिलो चरणको लगत सुची सकलन कार्य सम्पन्न गर्ने भएकाले केहि सुपरिवेक्षक गणकले पहिलो चरणमा दुई गाबिसको लगत सुची सकलन कार्य गर्ने छन । दोसो्र चरणमा ५० प्रश्न सहितको डिटेल जनगणनाका लागि ३१ जन ा   गणक खटाइने छ ।  सुपरिवेक्षक गणक र डिटेल जनगणना गणक सबै शिक्षकहरु रहेको मुस्ताङ जिल्ला जनगणना प्रमुख अर्यालले बताए ।
हाल सम्म तेस्रो लिगीको गणना नभएपनि अवभने तेस्रो लिगीको तथ्याक समेत राष्टिय जनगणनाबाट आउने भएको छ ।
सदरमुकाम बाट १ दिनमा पुगीने २०२८ सालमा पत्ता लागेको बिकट गाउ साङता जनगणनाकै शिलशिामा पुगेका शिक्षक धुर्व बरालले साङतामा ३६ पुरुष र ३१ महिला सहित ६७जनाको तथ्याक लिएको बताए ।
नेपालमा बिक्रम सम्वत १९६८ देखि राष्टिय जनगणना शुरु भएको हो । त्यस पछि प्रत्येक १० बर्षमा राष्टिय जनगणना हुदै आएको छ ।

No comments:

Post a Comment