मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 19, 2011

मुस्ताङमा एक सय मेघावाट विद्युत उत्पादन गर्ने तयारी गरिदै

चन्द्रश्वर बस्ताकोटी

मुस्ताङ, ३ बैशाख
कालीगण्डकी नदीको मुस्ताङ खण्डमा विद्युत उत्पादन गर्न बिस्तृत अध्ययन शुरु भएको छ । मुस्ताङको कोबाङ र लेते गाविस स्थित कालिगण्डकी नदीबाट १ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने नर्बेको विषेशज्ञ टोलीले प्रारम्भिक अध्ययन प्रतिवेदन दिएपछि विस्तृत अध्ययन सुरु गरिएको हो ।
यस क्षेत्रमा कालीगण्डकी नदीबाट विद्युत उत्पादनका लागि भारतिय लगानी रहेको ग्रिन भेन्चर कम्पनीले सर्भे थालेको हो । ग्रिन भेन्चरले परामर्शदाता कम्पनी अम्वेश्वर इन्जिनियरिङ्ग हाइड्रोपावर प्रालि मार्फत कोबाङ देखी घाँसासम्मको सामाजिक, सांस्कृतिक, आर्थिक, बातावरणीय अवस्थाको बारेमा अध्ययन गरेको छ ।
ग्राउण्ड नेचर सर्भेका सिनियर इन्जिनियर सुरेश श्रेष्ठको नेतृत्वमा १० जनाको टोलीले अहिले आयोजनाबाट प्रभाव पार्ने सक्ने क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।
मुस्ताङको टुकुचे, कोबाङ, कुन्जो र लेते गाविससम्म आयोजनाको प्रभाव रहने हुँदा त्यस क्षेत्रका स्थानियवासीन्दा, अस्पताल, गाविस, विद्यालय, स्थास्थ्यचौकी, तथा विभिन्न संघसस्थासँग सो टोलीले सुझाव संकलन गरेको थियो ।
यसै गरि जियोटेक्नीकल अध्ययनका लागि लेतेको धम्पु र कोखेठाटी क्षेत्रमा ड्रिलिङ कार्यहरु भै रहेको जियोलोजीष्ट उज्वल रघुवंशिले जानकारी दिनु भयो । उहाका अनुसार आवश्यक निमार्ण सामाग्री गिटि बालुवाको लागि सो क्षेत्र र कुञ्जोको छयो खोला बगर क्षेत्रको समेत अध्ययन भै रहेको छ ।१ सय मेघावाटको परियोजनाको लागि करिव १५ अर्व रुपैयाँ लाग्ने सक्ने कम्पनीले प्रारम्भिक अनुमान रहेको बताइएको छ । परियोजनाको क्षमता बढाएमा लागत समेत बढ्ने कम्पनीको भनाई छ । १ सय मेघावाट भन्दा बढि क्षमता बृद्धि गर्न सकिने वा नसकिने अध्ययन भै रहेको छ ।
कालीगण्डकी नदीको कोखेठाँटी र कालोपानी वीचको क्षेत्रमा बाँध बाँधेर नदीको दायाँ किनारामा सुरुङ मार्ग हुँदै घाँसा गाँउ नजिकै पावर हाउस बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
जलविद्युत आयोजना कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गरी नेपाल सरकार वातावरण मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने प्रावधान अनुसार सुचना समेत प्रकाशित गरि सकेको सो परियोजनाले जनाएको छ ।
अन्य बिस्त्रीत अध्ययन गर्न थप सर्वे टोली केहि दिन भित्र मस्ताङ आइपुग्ने बताइएको छ । बिगतमा राज्य सचालन गर्नेहरुले नसोची दिदा बिश्वकै दोस्रो ठुलो जलश्रोतको धनि देशमा बिजुली बत्तिको हाहाकार छ । यस्ता धेरै परियोजनाले मुर्तरुप लिन सके मुस्ताङ मात्र नभई नेपालकै भविष्य उज्वल हुने छ ।

घासामा देखि तल दाना सम्मको क्षेत्रमा बिद्युत उत्पादन गर्न गत बर्ष देखि कालीगण्डकी गर्ज नामाकरण दिइ केहि अध्ययन कार्य समेत सम्पन्न गरि सकेको छ ।

No comments:

Post a Comment