मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 5, 2011

मुक्तिनाथमा १०८ औ श्रीमत्भागबत महापुराण ज्ञान महायज्ञ हुदै

चन्द्रश्वर बस्ताकोटी
जोमसोम २१, बैसाख
हिमाली जिल्ला मुस्ताङको धामीक एव एतिहासीक स्थल मुक्तिनाथमा १०८ औ श्रीमत्भागबत महापुराण ज्ञान महायज्ञ शुक्रबार अक्ष्य त्रितियाको दिन देखि देखि शुरु हुने भएको छ ।

१ सय ७ ठाउमा श्रीमत्भागबत महापुराण ज्ञान महायज्ञ गरि सक्नु भएका पण्डित श्री रमेश प्रसाद सुबेदी ले १ सय ८ औ पालामा मुक्तिनाथमा महायज्ञ गर्न थाल्नु भएको हो । पहिलो पटक २०६३ माघमा सिन्धुपाल्चोकको मेलम्ची घाट र १सय ७ औ पटक काठमाण्डौको पशुपतिक्षेत्रको बनकालीमा महायज्ञ गत चैत्र ७ देखि १८ सम्म सम्पन्न गरिसकेको उहाका सहयोगी उपबाचक दिपक प्रसाद रिजालले बताए । ७५ बटै जिल्लामा महायज्ञ गरि सकेर १०८ औ पटकको महायज्ञ पुर्णाहुति गर्न लागिएको रिजालले बताए ।

भागवतले २१ औ शताब्दिमा मात्र नभई ५१ औ सताब्दिमा समेत उत्तिकै महत्व राख्ने भएकाले पबित्र तिर्थस्थलमा १०८ औ पटक महायज्ञ गरि पुर्णाहुति दिन लागिएको हो । हाल सम्मका महायज्ञबाट उढेको रकम मधुवन ट्रष्ट स्थापनागरि गौशाला, आयुर्वेद औषधालय, नैतिक बिश्व बिद्यालय, बृद्धाश्रम, स्थापना गरिने बताइएको छ । रकम र अन्य गरि हाल सम्म करिब १० करोड भन्दा बढि उढेको रिजालले जानकारी दिए ।

No comments:

Post a Comment