made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
मुस्ताङमै पहिलो ब्यबसायीक कन्ये च्याउखेती
मुस्ताङ
हिमाली जिल्ला मार्फा गाविसको स्याङगाउँमा पहिलो पटक कन्ये ब्यबसायीक च्याउखेती सुरु गरिएको छ । नव फार्म नामक सस्था स्थापना गरि स्याङका ४ युवाहरुको सक्रियतामा दुई कोठामा गत बर्ष देखी सुरु गरिएको च्याउखेतीले विस्तारै ब्यवसायीक मोड लिन थालेको छ । आफ्नै गाउँघरमा खेतीमार्फत कमाई गर्ने लक्ष्यका साथै स्थानिय युवाहरुले तालिम लिई मार्फाको स्याङमा सुरु गरेको खेतीले जिल्ला भित्र राम्रो बजार लिने सम्भावना देखिएपछि उनिहरुले आफ्नो लगानीमा पुर्वाधारको विकास गर्न थालेका छन् । च्याउखेतीसंगै युवाहरुको सक्रियतामा स्याउ र अन्य बेमौसमी तरकारी समेत सुरु गरेका छन् ।
आफ्नै नया प्रबिधिको बिकास गदै अहिलेसम्म उनिहरुले करिब ३ सय किलो कन्येच्याउ विक्रि गरिसकेको र आगामी दिनमा पनि सोही परिमाणमा विक्रि गर्ने लक्ष्य लिएका छन् । युवाहरुको सक्रियतामा नयाँ च्याउखेती सुरु गरेपछि अन्य स्थानियबासिन्दाले समेत त्यसको सिको गर्न थालेका छन् । युवा कृषकहरुको ब्यबसायीक च्याउ खेतीले हिमाली क्षेत्रमा कृषि पर्यटनको रुपमा बिकास गर्न निकै सहज भएको भन्दै जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गर्न थालेपछि उनिहरु निकै उत्साहित भएका छन् ।
युवाहरुले ब्यबसायीक रुपमा च्याउखेती गरेपनि प्रचारप्रसार नहुदाँ जिल्ला बाहिर निर्यात गर्न नसकिएको बताएका छन् । युवाहरु अनुसन्धानात्मक रुपमा बढेकाले आउदा दिनमा गुणस्तरिय च्याउ उत्पादनका लागि स्थानिय स्तरमै प्रबिधिको बिकास हुने देखिएको भएपनि उत्पादित च्याउले प्रर्याप्त बजार नपाएको जिल्ला कृषिबिकास कार्यालय मुस्ताङले जनाएको छ ।
गुणस्तरीय र ब्यबसायीक कन्ये च्याउ उत्पादनका लागि साना साना प्लाष्टिकको थैलोमा पोकालाई चाङपारी डोरीले झुण्ड्याएर प्लाष्टिक एक तर्फमात्र खुल्ला गरिएको छ । गुणस्तरीय कन्ये च्याउ उत्पादनका लागी युवाहरुले प्लाष्टिकको ससाना बोरामा माथीमात्र सानो ठाउँ खुल्ला गरि समेत उत्पादन शुरु गरेका छन । कन्ये च्याउ प्रतिकेजी २ सय पचासमा कृषकहरुले बेच्दै आएका छन । एक एक गरि टिप्दा अन्य च्याउ बिग्रने देखिएकाले सबै च्याउ लटलटमा टिपीने नवफार्म च्याउखेती तथा रिसर्च सेन्टरका युवाकृषक आइरल थकालीले बताए ।
स्थानिय युवाहरुले जिल्लामै सफलताका साथै सुरु गरेको च्याउखेतीलाई बजारीकरणका साथै सम्बन्धित निकायले सहयोग गर्न सकेमा अन्य क्षेत्रमाका बासिन्दाले यसको सिको गर्न सक्ने थिए । कामको खोजिमा बिदेसिने युवाहरुलाई नेपालमै पनि केहि गर्न सकिन्छ भन्ने सन्देश परिश्रमी युवाहरुको सकारात्मक कार्यले दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment