made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
मुस्ताङमा सौर्य उर्जाको प्रयोग बढ्दै
चन्द्रश्वर बस्ताकोटी
४ जेठ/मुस्ताङ
हिमाली जिल्ला मुस्ताङमा सौर्य उर्जा लोकप्रिय बनेको छ । सौय उर्जाको प्रयोगले कृषकमा उत्साह समेत पैदाभएको छ । चिसो मौसममा सहज रुपमा सुकुटी तरकारी बनाउन, पानी तताउन र उज्यालोका साथै अन्य काम गर्न सहयोग पुग्ने भएपछि मुस्ताङका बासिन्दा सौर्यउर्जाको प्रयोगतर्फ आकर्षीत भएका हुन् ।
च्याउ, स्याउ र तरकारीको सुकुटी बनाउन सौर्य उर्जाको प्रयोग गरिएको छ । जिल्ला विकास समिति मुस्ताङले केही अनुदानमा वितरण गरेको सौय उर्जाले कृषकहरुलाई सुविधा पुगेको हो । सोलर ड्रायरले तताउन, हावा धुलो बाट बचाउनुका साथै छिटो सुकाउन पनि मद्दत पुगेको कृषकहरूले बताएका छन् ।
मुस्ताङका १६ गाविसका धेरैजसो गाउँमा अनुदानमा सौर्य उर्जा वितरण गरिएको छ । कागबेनी मुक्तिनाथ, जोमसोम, मार्फा लगायतका गाबिसमा सबैभन्दा बढि सौय उर्जाको प्रयोग बढेको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment