मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, May 24, 2011

उपल्लो मुस्ताङमा सामानको मूल्य सस्तीयो

चन्द्रश्वर बस्ताकोटी मुस्ताङ  जेठ । ठुला ट्रक र ट्याक्टरले सामान ढुवानी गर्न थालेपछि उपल्लो मुस्ताङबासीले पहिलेको भन्दा कम मूल्यमा सामान पाउन थालेका छन् ।
सडक सञ्जालले नजोडिए पनि उपल्लो मुस्ताङमा जिल्लाबिकास समिति मुस्ताङले ८ लाख अर्च गरि गत वर्ष देखि कालीगण्डकीको बगर हुँदै ट्रक र ट्याक्टर जाने अथायी हिउदे सडक बनाएर व्यवसायी ढुवानीका साघन सञ्चालन गर्न थालेपछि ढुवानी खर्च घटेर  सामानको मुल्य सस्तिएको हो ।
स्थानिय बजारमा २ सय २० रुपैयाँ प्रतिकिलो चिनीको मूल्य घटेर १ सय २०, लुगा धुने साबुन ५ रुपैया घटेर २० रुपैयाँमा पाइन थालेको छ । कुनै सयम पैसा भए पनि आवश्यक दैनिक उपभोग्य सामान किन्न नपाउने मुस्ताङबासीले ढुवानीका सवारी  साधन चल्न थालेपछि सस्तोमा सहजै आवश्यक सामान पाउन थालेका छन् ।महँगो तिर्दा पनि भनेको बेला सामान किन्न नपाउने गरेको पहिलेको अनुभव सुनाउँदै स्थानीय कर्मसम्टुक गुरुङले अहिले ट्रक र ट्याक्टर आउन थालेपछि चाहिए जति आवश्यक सामान सस्तोमा किन्न पाइएको बताउनुभयो ।सदरमुकाम जोमसोमबाट करिब ४ दिनको पैदल यात्रामा पुगिने उपल्लो मुस्ताङमा करिव ८ घण्टामै सामान पुग्न थालेको छ । पहिले म्याग्दीको बेनीाबाट प्रतिकिलो  ३५ देखी ४५ रुपैयाँ सम्म ढुवानी खर्च तिरेर खच्चडमा बोकाएर लैजाने गरेका थिए । अहिले ढुवानी भाडा करिब १० रुपैयाँमा झरेको छ ।
स्थानीयबासीले हरियो तरकारी खान पाउन थालेका छन् । खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्री लगायत सबै सामानको मूल्य प्रतिकिलो २० देखि २५ रुपैयाँ घटेको छ । उच्च हिमाली क्षेत्र भएकाले उत्पादन न्युन हुने हुँदा यहाँका बासिन्दा बाहै महिना खानेकुराको अभाव झेल्दै आएका थिए ।यसले उनीहरुको जीवन कष्टकर थियो । बल्ल बल्ल जम्मा पारेको खानेकुरा पकाउने इन्धन अभावले सास्ती व्यहोर्नुपर्ने अवस्थाको समेत ढुवानीका साधन चल्न थालेपछि अन्त्य भएको भएको छ । सहरबाट एलपी ग्यास र मट्टीतेल पुग्न थालेको छ । ‘पाएको खाद्यन्न पकाउन कठिन थियो’ गुरुङले भन्नुभयो ‘अहिले निकै राहत मिलेको छ ।’व्यवसायीले गत बर्षबाट कात्तिक देखि जेठसम्म खोलाको बगर हुँदै ढुवानीका साधन चलाउँदै आएका छन् । असार देखि वर्षको केही महिना कालीगण्डकीमा जलप्रवाह बढ्ने भएकाले समस्या हुने लोमन्थाङका ध्याचो बिष्टले बताउनुभयो । त्यो अवधिका लागि व्यापारी तथा स्थानियबासिले खाद्यान्न तथा अन्य सामान भण्डार गर्ने गरेका छन् । कागबेनी देखि कालीगण्डकीको बगरैबगर घिलिङ, घमी, चराङफेदी, लोमन्थाङहुदै ती साधन छोसेरसम्म पुग्छन् । उपल्लो मुस्ताङमा छोसेर, छोण्हुप, लोमन्थाङ, चराङ, घमी, र सुर्खाङ गाविस पर्दछन् । लोमान्थाङबाट १८ किलोमिटर माथि तिब्बती सीमा कोरोला पुगिन्छ । उपल्लो मुस्ताङमा करिब ७ हजार जनसंख्याको बसोबास रहेको छ ।
 

No comments:

Post a Comment