made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाको २४ औ बार्षिक उत्सव
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ,१५ गते
राष्ट्रिय प्राकृतिक संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले आइतबार २४ औ बार्षिक उत्सव मनाएको छ ।
अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोेमान्थाङले बार्षिक उत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरूले विकास र संरक्षणका कार्यक्रमहरूलाई दिगोपना दिन सक्नुपर्नेमा जोड दिएका थिए ।
एक्काप लोमान्थाङ कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन लोमान्थाङका गाउँ मुखिया तान्टुक विष्टले गनुभएको थियो ।
कार्यक्रममा अन्नपुर्ण क्षेत्रको संरक्षण गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै एक्यापका पर्यटन अधिकृत नरेन्द्र लामालाई सम्मान गरिएको थियो । बार्षिक उत्सवमा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment