made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
आशा र शान्तीको कामना गदै तिजी पर्व सम्पन्न,२४ औ एक्याप दिवस पनि सकियो
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ ,जेष्ठ
तिजी पनि भनिने उपल्लो मुस्ताङवासीको ऐतिहासिक तेन्ची पर्व आशा र शान्तीको कामना गर्दै सम्पन्न भएको छ ।

तीन दिनसम्म हर्षोउल्लासपुर्वक मनाइएको पर्वमा बिदेशी पर्यटकहरुले पनि सहभागिता जनाए । तिजी पनि भनिने यो पर्व जेठको दोस्रो हप्ता लोमान्थाङ गाविसको ध्ये प्रागणमा हर्षोल्लासपूर्वक मनाइएको तिजी उपल्लो मुस्ताङको प्रमुख पर्व हो ।
यो पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसंग सम्बन्धित छ । सुनुले पुनर्जन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको जनविश्वासमा तेन्जी मनाउने गरिन्छ । अन्यायमाथि न्यायको विजय भएको खुसियाली यसको अर्को पक्ष हो । पर्वका बेला पदमसम्भ नामक ठुलो आकारको थाङका भित्तामा प्रदर्शन गरेर इश्वरको विभिन्न रुप र शक्ति पनि देखाइएको थियो । पर्वमा स्थानीय बासिन्दा परम्परागत भेषभुुषामा आन्तरिक एव बाह्य पयर्टकले भाग लिएका थिए भने मुस्ताङी पुर्वराजा रानीको समेत अन्तिम दिन सहभागिता जनाएका थिए ।
छोदे गुम्वाका लामाहरुले ड्रम बजाएर लामा नाच पनि प्रदर्शन गरेका थिए । सो अवसरमा लोमान्थाङस्थित विद्यालयका विद्यार्थीहरुले स्थानीय सस्कृती झल्कने गीतनाच प्रदर्शन गरेका थिए । उपल्लो मुस्ताङको छोन्हुप, छोसेर, लोमान्थाङ, घमी, चराङ र सुर्खाङ गाविसका बासिन्दा पर्वका लागि लोमान्थाङ दरवारको आगनमा भेला भएका थिए । सबैले खुुसियालीमा बिभिन्न सास्कृतिक कार्यक्रमका साथ नाचगान गरेका थिए । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय लोमन्थाङका कार्यालय प्रमुख निरञ्जन ठुंगानाले भने यो पर्वले उपल्लो मुस्ताङीलाई संस्कृतिको एकतामा बांधेको छ । स्थानीय बासिन्दा पर्वले देशमा शान्ति ल्याउने कामना गर्छन । लामानाच पुर्वको मुख्य आकर्षण हो विभिन्न गुम्बाबाट आएका लामाहरुबीच हुने नाचले यहा पुगेका पर्यटकहरु पुलकित बनेका थिए ।
पर्वकै लागि भनेर विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु लोमन्थाङ पुग्ने गर्छन । निकै रमाइलो लाग्यो फेन्च पर्यटक बिल्सन डेभिडले भनिन लामाहरु विभिन्न पहिरनमा नाचेको देखेर मेरा साथीहरु पनि खुसी भए । निश्चित शुल्क तिरेर पर्यटकहरुले पर्वको तस्विर लिन पाउछन । उपल्लो मस्ताङकै ६ गाविसका वालबालिका युवायुवती र बृद्धबृदाहरु तीन दिनसम्म नाच्ने रमाइलो गर्ने र मीठो खाने गर्छन ।
यसपालि स्थानिय लोमान्थाङ युवाक्लवले पनि नाचको आयोजना गरेको थियो । लोमन्थाङका समाज सेवी इन्द्र धारा बिष्टले संस्कृतीको संरक्षणका लागि सरकारी स्तरबाटै पहल गरिनु पर्ने बताए । सधै स्थानीय तवरबाट मात्र संरक्षण गरेर सम्भव छैन राष्ट् नै लाग्नुुपर्छ । विष्टले भने जसले मात्र यस्ता सांस्कृतीक सम्पदाको जर्गेना हुनसक्छ ।
एक्याप इलाका संरक्षण कार्यालय लोमन्थाङले ध्ये प्रागणमा ३ दिन सम्म कार्यक्रम गर्नका लागि आर्थीक सहयोग पु¥याउदै आएको छ । आफ्नो बार्षिक उत्सब समेत तिजिको समय पारी मनाउदै आएको एक्यापले ३ दिन सम्म २४ औ बर्षिक उत्सब भब्य रुपमा सम्पन्न गरेको छ । बिगत लामो समय देखि कला, सस्कृति, ऐतिहासिक महत्वका सम्पदा, बन, जगल जडिबुटी, जगली जनाबरको संरक्षणमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । स्थानिय बासिन्दाले पर्व र २४ औ एक्याप बार्षीक उत्सबको बेला पयर्टन प्रवद्धनमा एक्यापले खेलेको भुमिको सबैले मुक्त कण्ठले प्रशसा गरेका थिए । एक्यापले उपल्लो मुस्ताङ आउने पर्यटकलाई आवश्यक सहयोग, सल्लाह, पयर्टकीय क्षेत्रको प्रचार प्रसारका साथै आवश्यक पुर्वाधार निमाणमा स्थानिय बासिन्दालाई सक्दो सहयोग पु¥याउदै आएको पर्यटन सहायक मधुबरालले बताए ।
लामो समय सम्म एक्याप लोमन्थाङमा कार्यालय प्रमुखको जिम्वेवारी सम्हालेका एक्याप पर्यटन अधिकृत पोखराका नरेन्द्र लामालाई स्थानिय बासिन्दाले सम्मान समेत गरेका थिए
मुस्ताङ ,जेष्ठ
तिजी पनि भनिने उपल्लो मुस्ताङवासीको ऐतिहासिक तेन्ची पर्व आशा र शान्तीको कामना गर्दै सम्पन्न भएको छ ।
तीन दिनसम्म हर्षोउल्लासपुर्वक मनाइएको पर्वमा बिदेशी पर्यटकहरुले पनि सहभागिता जनाए । तिजी पनि भनिने यो पर्व जेठको दोस्रो हप्ता लोमान्थाङ गाविसको ध्ये प्रागणमा हर्षोल्लासपूर्वक मनाइएको तिजी उपल्लो मुस्ताङको प्रमुख पर्व हो ।
यो पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसंग सम्बन्धित छ । सुनुले पुनर्जन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको जनविश्वासमा तेन्जी मनाउने गरिन्छ । अन्यायमाथि न्यायको विजय भएको खुसियाली यसको अर्को पक्ष हो । पर्वका बेला पदमसम्भ नामक ठुलो आकारको थाङका भित्तामा प्रदर्शन गरेर इश्वरको विभिन्न रुप र शक्ति पनि देखाइएको थियो । पर्वमा स्थानीय बासिन्दा परम्परागत भेषभुुषामा आन्तरिक एव बाह्य पयर्टकले भाग लिएका थिए भने मुस्ताङी पुर्वराजा रानीको समेत अन्तिम दिन सहभागिता जनाएका थिए ।
छोदे गुम्वाका लामाहरुले ड्रम बजाएर लामा नाच पनि प्रदर्शन गरेका थिए । सो अवसरमा लोमान्थाङस्थित विद्यालयका विद्यार्थीहरुले स्थानीय सस्कृती झल्कने गीतनाच प्रदर्शन गरेका थिए । उपल्लो मुस्ताङको छोन्हुप, छोसेर, लोमान्थाङ, घमी, चराङ र सुर्खाङ गाविसका बासिन्दा पर्वका लागि लोमान्थाङ दरवारको आगनमा भेला भएका थिए । सबैले खुुसियालीमा बिभिन्न सास्कृतिक कार्यक्रमका साथ नाचगान गरेका थिए । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय लोमन्थाङका कार्यालय प्रमुख निरञ्जन ठुंगानाले भने यो पर्वले उपल्लो मुस्ताङीलाई संस्कृतिको एकतामा बांधेको छ । स्थानीय बासिन्दा पर्वले देशमा शान्ति ल्याउने कामना गर्छन । लामानाच पुर्वको मुख्य आकर्षण हो विभिन्न गुम्बाबाट आएका लामाहरुबीच हुने नाचले यहा पुगेका पर्यटकहरु पुलकित बनेका थिए ।
यसपालि स्थानिय लोमान्थाङ युवाक्लवले पनि नाचको आयोजना गरेको थियो । लोमन्थाङका समाज सेवी इन्द्र धारा बिष्टले संस्कृतीको संरक्षणका लागि सरकारी स्तरबाटै पहल गरिनु पर्ने बताए । सधै स्थानीय तवरबाट मात्र संरक्षण गरेर सम्भव छैन राष्ट् नै लाग्नुुपर्छ । विष्टले भने जसले मात्र यस्ता सांस्कृतीक सम्पदाको जर्गेना हुनसक्छ ।
लामो समय सम्म एक्याप लोमन्थाङमा कार्यालय प्रमुखको जिम्वेवारी सम्हालेका एक्याप पर्यटन अधिकृत पोखराका नरेन्द्र लामालाई स्थानिय बासिन्दाले सम्मान समेत गरेका थिए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment