made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
पर्यटकलाई आर्कषित गर्न नियमित सरसफाई अभियान
चन्द्रश्वर बस्ताकोटी उपल्लो मुस्ताङको लोमान्थाङ गाविसका बासिन्दाले गाउँमा आउने पर्यटकलाई आर्कषित गर्न नियमित सरसफाईका साथै विविध गतिविधि गर्ने गरेका छन् ।राष्ट्रिय प्रकृतिक संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङको आयोजनामा सरसफाई गर्न थालिएको एक्याप लोमान्थाङका प्रमुख निरन्जन ढुगांनाले बताउनुभयो ।फोहोरले लोमान्थाङ भित्रिने पर्यटकलाई नकारात्मक सन्देश दिने भएकाले अभियान मार्फत समुह बनाई काम गर्न थालिएको हो ।पर्खाल भित्र रहेको बजारमा संकलन भएको फोहोरलाई समेत ब्यबस्थित गरिएको छ । सरसफाई कार्यक्रममा सहभागिता जनाउनेलाई एक्यापले प्रोत्साहन गर्ने गरेको छ । सरसफाईका साथै पर्यटकलाई लोमान्थाङको महत्वका बारेमा समेत जानकारी गराउने गरिन्छ ।बजार सरसफाईका लागि लोमान्थाङ आमा समुह,लोमान्थाङ युवा क्लव, बिभिन्न विद्यालयका साथै गाउँ मुखियाले समेत सघाउने गरेका छन् । पछिल्लो समय लोमान्थाङ क्षेत्रमा पर्यटकको आगमनमा बृद्धि भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment