मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, June 9, 2011

मुक्तिनाथ क्षेत्रमा वातावरण सम्वन्धि धार्मीक महायज्ञ, भक्तजनको धुइचो

चन्द्रश्वर बस्ताकोटी मुस्ताङ,  जेठ २४
कल्पबृक्ष अभियान कार्यक्रम अन्र्तगत मुक्तिनाथ क्षेत्रमा वातावरण सम्वन्धि धार्मीक महायज्ञमा भक्तजनहरुको उल्लेखनिय रुपमा सहभागिता बढेको छ ।विश्व वातावरण दिवसको अवसर पारेर हिन्दु धर्ममा समेत वाताबरण स्वच्छ राख्नु पर्ने बताइएको भन्दै शुरु गरिएको महायज्ञ राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा  मुक्तिनाथ मन्दिर क्षेत्रको रानीपौवा धर्मशालामा भई रहेको छ ।गत ४ दिन अगाडी शुरु भएको महायज्ञमा काठमाण्डौ, पोखरा, स्याङजा, बाग्लुङ, म्याग्दी, पर्वत, झापा, मोरङ, तनँहु, लमजुङ, चितवन, दाङ लगायत भारतबाट समेत भक्तजनहरुको उल्लेखनिय सहभागिता भएको महायज्ञ मुल आयोजक समितिका संयोजक द्रोणराज अधिकारीले जानकारी दिनु भयो ।कल्पबृक्ष अभियानको कार्यक्रम अन्र्तगत महासंघले नेपालका १० जिल्लामा करीब २ हजार भन्दा बढि बिरुवाहरु रोप्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताउनु भयो ।जेष्ठ २७ गते सम्पन्न हुने महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमले बाचन गर्नु भएकोे छ । मुतिmनाथको जलधारा तथा शोभा यात्रा सहित जेठ २८ गते म्याग्दीको गलेश्वरमा बृक्षारोपण गर्ने गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment