मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, June 9, 2011

स्कुल जाउ अभियान गरेको अखिल क्रान्तिकारीले मुस्ताङ सम्मेलन गर्दै

चन्द्रश्वर बस्ताकोटी मुस्ताङ, २६ जेष्ठ
अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी मुस्ताङले  जेष्ठ २७ गते आफ्नो जिल्ला सम्मेलन जोमसोममा गर्ने तयारी समेत पुरा भएको जनाएको छ । बिद्यालय नगएका वालवालिकालाई बिद्यालय ल्याउन स्कुल जाउ अभियान अभियान सचालन गरेको अखिल क्रान्तिकारीले मुस्ताङमा सम्मेलनको पनि तयारी गरेको थियो । अभियानका सगै करिव ४ सय ७६ जना बिद्यार्थीलाई क्रान्तीकारीको सदस्यता मुस्ताङमा बितरण गरिएका थियोे ।सम्पुर्ण जनताका छोरा छोरीले समान शिक्षा पाउनु पर्ने र त्यसको दायीत्व राज्यले लिनु पर्ने उदधोष गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य पुरन केसीको नेतृत्वमा अभियान सचालित भएको थियो । अभियानका क्रममा बैज्ञानिक तथा जनवादी शिक्षा प्राप्तिका लागि अखिल क्रान्तिकारीले खेलेको भुमिकाको बिषयमा प्रशिक्षण दिइएको अखिल क्रान्तिकारी मुस्ताङका अध्यक्ष बिशाल बिकले जानकारी दिनु भयो ।   उमेर पुगेर पनि  बिद्यालय नगएका बिद्यार्थीलाई स्कुल जाउ अभियानमा अखिल क्रान्तिकारीले तिब्रता  दिदै राज्यको पुनसंरचना सगै शैक्षिक पुनसंरचना हुनपर्ने अभियानका क्रममा बताइएको थियो ।
गत जेष्ठ १६ गते देखि  बिद्यालय जाने उमेरका बालवालिकालाई बिद्यालय आउन पे्रेरित गर्ने खालका कार्यक्रम, शिक्षक बिद्यार्थी अन्र्तक्रीया, सगठन निमार्ण लगायतका कार्यक्रम गदै अभियान थलिएको हो ।अभियानका क्रममा करिव ४ सय ७६ जनालाई क्रान्तीकारीको सदस्यता मुस्ताङमा बितरण गरिएको   जानकारी दिनु भयो । क्रान्तिकारी मुस्ताङका अध्यक्ष बिशाल बिक, सचिब शिवानि ल्वागन, पृथ्वी नारायण बहुमुखी क्याम्पसका सचिव शंकर गिरी, सहसचिब प्रबिणा अधिकारी, कोषाध्याक्ष नारायण गिरी लगायत अभियानमा सहभागि रहेका छन ।अभियानका क्रममा जनता निमाबि घासामा निरज छन्त्यालको अध्यक्षतामा १५ सदस्यिय, धौलागिरि प्राबिधिक शिक्षालय लेतेमा बिरेन्द्र ओलीको अध्यक्षतामा १३ सदस्यिय, जनआदश माबि कोवाङमा एलिना पुन मगरकोे अध्यक्षतामा ३३ सदस्यिय र योगेन्द्र उच्चमाबि टुकुचेमा किसान बिकको अध्याक्षतामा ४५ सदस्यिय, जनशान्तिमाबि कागबेनीमा सोनम सम्टुक गुरुङको अध्यक्षतामा ४० सदस्यिय, जनकल्याण् ा निमाबि स्याङमा लक्ष्मि परियारको अध्यक्षतामा २८ सदस्यिय ज्ञानोदयमाबि लेतेमा श्रीमाया बिकको अध्यक्षतामा ३३ सदस्यिय र जनवाल माबि मार्फामा गगां बहादुर गुरुङको अध्यक्षतामा ३५ सदस्यिय कार्यसमिति बनाइएको अखिल क्रान्तीकारी जिल्ला कार्यसमितिकी सचिब सिवानि ल्वागनले जानकारी दिनु भयो ।

No comments:

Post a Comment