made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
प्रशिद्ध पर्यटकिय क्षेत्रमा पुर्वाधार अभाव, दामोदरकुण्ड जाने मौसम शूरु
चन्द्रश्वर वस्ताकोटी
मुस्ताङ
हिन्दहरुको प्रशिद्ध धार्मीक एवं पर्यटकिय क्षेत्र दामोदर कुण्डमा पुर्वाधार बन्न सकेको छैन ।
प्रशिद्ध धार्मीक एवं पर्यटकिय क्षेत्र दामोदर कुण्ड सहज पैदलयात्रा, बसोबासको प्रबन्ध, आवश्यक स्वास्थ्यकेन्द्र, गाउँको बिकास अभाब, दामोदर कुण्डजाने तर्फ धर्मशाला, खानेपानी लगायत अन्य पुर्वाधारको विकास हुन नसक्दा पर्यटकहरुको सङ्ख्या समेत बढन सकेको छैन । समय परिवर्तनसंगै विकासका पुर्वाधारहरुको विकास हुन नसक्दा गाउँलेहरुमा निरासा बढेको हो ।
यारा गाउबाट पैदल जाने क्रममा खोलाको बाटो भै जानुपर्ने र बाटो पहिल्याउन गाह्रो, उकालो बाटोे नसकिदा सम्म खानेपानीको अभाव, लेक लाग्ने समस्या, बिरामी हुदा उपचारको अभाव, बाटोमा संकेत चिन्हहरु नदेखिदा बाटो बिराएर अन्तै लागिने समस्या, गाउ छोडेपछि पहिलो आश्रमस्थलमा पल्याक नबिछ्याएकाले चिसो भैे रात बिताउन कठिन, दाउरा नपाइने हुदा इन्धन समस्या, सिमसिम पानी परिरहने हुदा अत्यन्त चिसो वातावरणमा समय काट्नु कठिन, आदी आदि समस्याहरु देखिए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको सुर्खाङ गाबिस याराका आग्याल गुरुङले बताए ।
गाउँमा सुविधा सम्पन्न स्वास्थ्यकेन्द्र, पर्यटकहरुको बसाई सहज बनाउनका लागि सुविधा सम्पन्न होटल, धर्मशाला, यात्रा सहज बनाउनका लागि पैदलमार्ग लगायतका पुर्वाधारहरुको विकास हुन नसक्दा धार्मीक पर्यटकहरुको आवागमनमा कमि आएको गाउँलेहरुले बताएका छन् । पर्यटकिय क्षेत्रमा थप आकर्षण बढाउनका लागि कुण्ड नजिकै हेलिप्याड निर्माण गरिने, धर्मशालाहरु मर्मतका साथै नयाँ निर्माण लगायतका विकासे कामहरु नहुदा थप अभाब खडकेको गुरुङले बताए ।
र्सुखाङमा रहेको हेल्थपोस्टमा दामोदर कुण्ड जाने बिरामी आउने गरे पनि ५ जना को दरबन्दीमा आफु १ जना मात्र दरबन्दीको रहेकाले जिग्मी फाउन्डेसनले १ जना अनमि र २ जना जिल्ला जनस्वासथ्य ले करारमा पठाएको हेल्थपोस्ट इन्चार्ज राम प्रसाद न्यौपानेले बताए ।
गाउँको विकास गरि प्रसस्त आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउन सकेमा गाउँलेहरुको जिवनस्तरमा परिवर्तन हुने अपेक्षा गरिएको शिक्षक नेपालीले बताए । पर्यटकिय गाउँको विकास गर्न सकेमा यहाँका गाउँलेहरुको जिवनस्तर मात्रै नभएर समग्र मुस्ताङको अर्थतन्त्रमा समेत विकास हुने भएकाले पुर्वाधारको विकासमा सहयोग गर्न जिविस मुस्ताङलाई आग्रह गरिएको छ । गत बर्ष दामोदरकुण्डको बिकासका लागि ९० लाख बिनियोजन भएकोमा सो रकमा कहा गयो अत्तो पत्तो नभएको लामो समय सुर्खाङ गाबिसको सचिब भै काय गरेका सिमा प्रशासनका कार्यालय मुस्ताङका प्रमुख झकनाथ पौडेलले बताए ।
भारतका सामान्य धार्मीकस्थलकोे व्यवस्थापनले तिरुपति, रामेश्वरम, मधुरै मिनाक्षि, आदिमा कराडौ तिर्थालुको भिड देख्न पाएन्छ । नेपालका यस्ता महत्वपुर्ण धार्मिक तिर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, प्वलत्सो ऋषि आश्रम लगायतको संरक्षण एवं पुर्वाधार अभाब खडकीएको छ । यस्ता क्षेत्रको संरक्षण र पुर्वाधार निर्माण गरीदिए मात्र नेपालका तिर्थस्थलको महिमा, प्रसिद्धिले हजारौ हजार पर्यटक एबं तिर्थयात्री सहजै भित्रायाउन सकिन्छ । संरक्षण एव पुर्वाधार निर्माणले नेपालका तिर्थस्थलको महिमा, प्रसिद्धि बढेर धार्मिक पर्यटकहरुको भिड लाग्ने निश्चित छ ।
कागबेनी देखि ४७ कोश टाढा सुर्खाङ गाबिसमा रहेको दामोदर कुण्ड जान करिब ६ दिनको पैदलयात्रा गर्नु पर्दछ । करिब ६ महिना हिउँले ढाक्ने उक्त तीर्थस्थल निर्जन स्थानमा रहेको छ । बृद्ध एवं अशक्तहरुका लागि यो तिर्थ गा¥हो मानिन्छ । जोमसोम देखि दामोदर कुण्ड जान पहिलो दिन छुसाङ, दोस्रो दिन घिलिङ, तेस्रो दिन चराङ चौथो दिन सुर्खाङ गाबिसको यारा, पाचौ दिन घिमिठाटीको धर्मशाला तथा छैटौ दिनमा दामोदर कुण्ड पुग्न सकिन्छ ।
जोमसोम देखि सुर्खाङ गाबिसको यारा सम्म खानेबस्ने सामान्य होटलहरुको ब्यबस्था छ भने याराबाट घिमिठाटी हुदै दामोदर कुण्ड पुग्न नजिकै बस्तिहरु नरहेको हुदा त्यस तर्फ जानेहरु थप समस्यामा पर्ने गरेका छन । घिमिठाटी र दामोदर कुण्डमा रहेका धर्मशालामा तिर्थालुहरुका लागि म्याग्दीका भक्तजनहरुले निशुल्क खाने बस्ने ब्यबस्था बिगत ६ बर्ष देखि मौसमी रुपमा गदै आएका छन । यस बर्ष यारामा समेत तिथालुको सुबिधाका लागि तिथालुको सहयोगमा आश्रम बनाइएको दाना गाबिस सिवालयका कृष्ण पुनले बताए । यस बर्ष तिथालुहरुको सेवाका लागि म्याग्दीको भुरुङ तातोपानीका हेमन्त पुन, दाना गाबिस सिवालयकी भौ माया पुन, कृष्ण पुन, ठाकुर पुन, गलेश्वर निवासी देउमाया पुन, गोर्खा गोरखनाथ आश्रमका बाबा देबिनाथ, पर्वत धाइरिङ निवासी गणेश सुबेदी, दानाको आश्रमका नबोल्ने ब्रत भएका मौनी बाबा दामोदर कुण्ड तर्फ जेष्ठ २४ गते लागि सकेका छन ।
श्राबण भाद्र महिनामा कुशै कुशले ढाकीने उक्त रमणीय उपत्यकामा तालहरुका समुह रहेका छन । करिब १५ हजार ७ सय ११ फिटको उचाईमा रहेको दामोदर कुण्डलाई परम्परा देखि पुज्दै आएको पहेलो कुण्ड रहेको छ । यसै कुण्डको बरिपरि रातो, नीलो र सेतो देखिने कुण्डहरु रहेका छन । यी कुण्डलाई दामोदर कुण्ड, सुन कुण्ड, चादी कुण्ड, तामा कुण्ड, दुध कुण्ड र रक्त कुण्ड भन्ने गरिन्छ । दामोदर कुण्डबाट राम्रो मौसमको बेला ४ घण्टा अझ टाढा भृकुटी कुण्ड लगायत ६५ कुण्ड आफुले गनेको र सो ठाउमा १ सय आठ कुण्ड रहेको स्थानीय सुखाङबासीको भनाई रहेको, त्यस तर्फ सेवाका लागि जादै गरेका गोर्खा गोरखनाथ आश्रमका बाबा देबिनाथले बताए । यी कुण्डको पानी तिब्बत तर्फ बग्ने र दामोदर कुण्ड लगायत यी कुण्डहरुको बारेमा हिन्दुहरुका पुराणहरुमा समेत उल्लेख भएको पाइन्छ । शालग्रामको उत्पत्ति स्थलको रुपमा रहेको दामोदर कुण्डबाट बग्ने ध्ये नदिलाई काली गण्डकीको उद्गम स्थल समेत मानिन्छ । शालगाम बिश्वमै यस क्षेत्रमा मात्र पाइने मुक्तिनाथका पुजारी कृष्ण सुबेदीले बताए ।
मुस्ताङ
हिन्दहरुको प्रशिद्ध धार्मीक एवं पर्यटकिय क्षेत्र दामोदर कुण्डमा पुर्वाधार बन्न सकेको छैन ।

यारा गाउबाट पैदल जाने क्रममा खोलाको बाटो भै जानुपर्ने र बाटो पहिल्याउन गाह्रो, उकालो बाटोे नसकिदा सम्म खानेपानीको अभाव, लेक लाग्ने समस्या, बिरामी हुदा उपचारको अभाव, बाटोमा संकेत चिन्हहरु नदेखिदा बाटो बिराएर अन्तै लागिने समस्या, गाउ छोडेपछि पहिलो आश्रमस्थलमा पल्याक नबिछ्याएकाले चिसो भैे रात बिताउन कठिन, दाउरा नपाइने हुदा इन्धन समस्या, सिमसिम पानी परिरहने हुदा अत्यन्त चिसो वातावरणमा समय काट्नु कठिन, आदी आदि समस्याहरु देखिए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको सुर्खाङ गाबिस याराका आग्याल गुरुङले बताए ।
गाउँमा सुविधा सम्पन्न स्वास्थ्यकेन्द्र, पर्यटकहरुको बसाई सहज बनाउनका लागि सुविधा सम्पन्न होटल, धर्मशाला, यात्रा सहज बनाउनका लागि पैदलमार्ग लगायतका पुर्वाधारहरुको विकास हुन नसक्दा धार्मीक पर्यटकहरुको आवागमनमा कमि आएको गाउँलेहरुले बताएका छन् । पर्यटकिय क्षेत्रमा थप आकर्षण बढाउनका लागि कुण्ड नजिकै हेलिप्याड निर्माण गरिने, धर्मशालाहरु मर्मतका साथै नयाँ निर्माण लगायतका विकासे कामहरु नहुदा थप अभाब खडकेको गुरुङले बताए ।
र्सुखाङमा रहेको हेल्थपोस्टमा दामोदर कुण्ड जाने बिरामी आउने गरे पनि ५ जना को दरबन्दीमा आफु १ जना मात्र दरबन्दीको रहेकाले जिग्मी फाउन्डेसनले १ जना अनमि र २ जना जिल्ला जनस्वासथ्य ले करारमा पठाएको हेल्थपोस्ट इन्चार्ज राम प्रसाद न्यौपानेले बताए ।
यसै गरि र्सुखाङ गाबिस जान चराङखोला र याक खोलामा पुल बन्न नसकेको र पर्यटक, तिर्थबासी र स्थानियबासी खोलाबाटै हिड्न बाध्य हुदा बगाउने समेत गरेको र घुमाउरो बाटो जानु पर्दा ४ घण्टा उकालो फरक पर्ने यारा प्राबिका शिक्षक शेर बहादुर नेपालीले बताए ।
सोही गाबिसको प्रसिद्ध एवं महत्वपुर्ण बौद्ध गुम्बा लुरी गुम्बा जाने बाटो नबन्दा भिर भिरै हिडनु पर्ने बाध्यता भने यसै आर्थिकवर्ष देखि हटेको गाबिस सचिब बिजय राज भुसालले बताउनु भयो । सुर्खाङ गाबिसले उक्त बाटो बनाउन गत वर्ष र यो वर्ष गरि ७ लाख लगानी गरे को हो ।
गाउँको विकास गरि प्रसस्त आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउन सकेमा गाउँलेहरुको जिवनस्तरमा परिवर्तन हुने अपेक्षा गरिएको शिक्षक नेपालीले बताए । पर्यटकिय गाउँको विकास गर्न सकेमा यहाँका गाउँलेहरुको जिवनस्तर मात्रै नभएर समग्र मुस्ताङको अर्थतन्त्रमा समेत विकास हुने भएकाले पुर्वाधारको विकासमा सहयोग गर्न जिविस मुस्ताङलाई आग्रह गरिएको छ । गत बर्ष दामोदरकुण्डको बिकासका लागि ९० लाख बिनियोजन भएकोमा सो रकमा कहा गयो अत्तो पत्तो नभएको लामो समय सुर्खाङ गाबिसको सचिब भै काय गरेका सिमा प्रशासनका कार्यालय मुस्ताङका प्रमुख झकनाथ पौडेलले बताए ।
कागबेनी देखि ४७ कोश टाढा सुर्खाङ गाबिसमा रहेको दामोदर कुण्ड जान करिब ६ दिनको पैदलयात्रा गर्नु पर्दछ । करिब ६ महिना हिउँले ढाक्ने उक्त तीर्थस्थल निर्जन स्थानमा रहेको छ । बृद्ध एवं अशक्तहरुका लागि यो तिर्थ गा¥हो मानिन्छ । जोमसोम देखि दामोदर कुण्ड जान पहिलो दिन छुसाङ, दोस्रो दिन घिलिङ, तेस्रो दिन चराङ चौथो दिन सुर्खाङ गाबिसको यारा, पाचौ दिन घिमिठाटीको धर्मशाला तथा छैटौ दिनमा दामोदर कुण्ड पुग्न सकिन्छ ।
जोमसोम देखि सुर्खाङ गाबिसको यारा सम्म खानेबस्ने सामान्य होटलहरुको ब्यबस्था छ भने याराबाट घिमिठाटी हुदै दामोदर कुण्ड पुग्न नजिकै बस्तिहरु नरहेको हुदा त्यस तर्फ जानेहरु थप समस्यामा पर्ने गरेका छन । घिमिठाटी र दामोदर कुण्डमा रहेका धर्मशालामा तिर्थालुहरुका लागि म्याग्दीका भक्तजनहरुले निशुल्क खाने बस्ने ब्यबस्था बिगत ६ बर्ष देखि मौसमी रुपमा गदै आएका छन । यस बर्ष यारामा समेत तिथालुको सुबिधाका लागि तिथालुको सहयोगमा आश्रम बनाइएको दाना गाबिस सिवालयका कृष्ण पुनले बताए । यस बर्ष तिथालुहरुको सेवाका लागि म्याग्दीको भुरुङ तातोपानीका हेमन्त पुन, दाना गाबिस सिवालयकी भौ माया पुन, कृष्ण पुन, ठाकुर पुन, गलेश्वर निवासी देउमाया पुन, गोर्खा गोरखनाथ आश्रमका बाबा देबिनाथ, पर्वत धाइरिङ निवासी गणेश सुबेदी, दानाको आश्रमका नबोल्ने ब्रत भएका मौनी बाबा दामोदर कुण्ड तर्फ जेष्ठ २४ गते लागि सकेका छन ।
श्राबण भाद्र महिनामा कुशै कुशले ढाकीने उक्त रमणीय उपत्यकामा तालहरुका समुह रहेका छन । करिब १५ हजार ७ सय ११ फिटको उचाईमा रहेको दामोदर कुण्डलाई परम्परा देखि पुज्दै आएको पहेलो कुण्ड रहेको छ । यसै कुण्डको बरिपरि रातो, नीलो र सेतो देखिने कुण्डहरु रहेका छन । यी कुण्डलाई दामोदर कुण्ड, सुन कुण्ड, चादी कुण्ड, तामा कुण्ड, दुध कुण्ड र रक्त कुण्ड भन्ने गरिन्छ । दामोदर कुण्डबाट राम्रो मौसमको बेला ४ घण्टा अझ टाढा भृकुटी कुण्ड लगायत ६५ कुण्ड आफुले गनेको र सो ठाउमा १ सय आठ कुण्ड रहेको स्थानीय सुखाङबासीको भनाई रहेको, त्यस तर्फ सेवाका लागि जादै गरेका गोर्खा गोरखनाथ आश्रमका बाबा देबिनाथले बताए । यी कुण्डको पानी तिब्बत तर्फ बग्ने र दामोदर कुण्ड लगायत यी कुण्डहरुको बारेमा हिन्दुहरुका पुराणहरुमा समेत उल्लेख भएको पाइन्छ । शालग्रामको उत्पत्ति स्थलको रुपमा रहेको दामोदर कुण्डबाट बग्ने ध्ये नदिलाई काली गण्डकीको उद्गम स्थल समेत मानिन्छ । शालगाम बिश्वमै यस क्षेत्रमा मात्र पाइने मुक्तिनाथका पुजारी कृष्ण सुबेदीले बताए ।
दुर्लभ जगली जनावर हिउँ चितुवा, जगली गधा, जगली भेडा, तिब्बतियन गजेल, नाउर, लिक्स आदीको वासस्थान समेत रहेको यो क्षेत्र जैबिक बिबिधताले भरिपुर्ण मानिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment