made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, July 13, 2011
हिमाली बिद्यालयहरु एकिकरणको प्रस्ताब अगाडी सादै
चन्द्रश्वर बस्ताकोटी असार मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङमा पहिलोपटक बिद्यालयहरु एकिकरणको प्रस्ताब गरिएको छ । शिक्षाको गुणस्तर बृद्धि गर्न गाउलेहरुले स्वस्फुर्तरुपमा छोण्हुप गाबिस भरका ६ प्राथमिक बिद्यालय एकिकरणको प्रस्ताब मगलबार जिल्ला शिक्षा कार्यालय मुस्ताङमा राखेका हुन ।
९ बटै वडाका पाच÷पाच जना प्रतिनिधि, ६ बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका साथै सम्पुर्ण अभिभाबक एव स्थानिय बासिन्दाको गत जेष्ठ २१ गते एकमतले आवासीय सुबिधा सहितको बिद्यालय बनाउन प्रस्ताब गर्ने निर्णय गरे पछि जिल्ला शिक्षा कार्यालयमा प्रस्ताब पेश गरिएको प्रस्ताबित एकिकृत छोण्हुप आवासिय बिद्यालयका सचिब एव भृकुटी प्राथमिक बिद्यालय किमलिका अध्यक्ष टसि ढिण्डुक गुरुङले बताए । प्रस्ताबमा ६ बटै बिद्यालयलाई एकिकरण गरि सबै गाबिसको पायक पर्ने चिजुङठोरेमा आवासिय सुबिधा सहितको बिद्यालय बनाउन माग गरिएको छ । पाल नामग्याल गुम्वाको स्वामित्वमा रहेको चिजुङठोरेको उक्त जग्गा एकिकृत बिद्यालयलाई उपलब्ध गराउन गुम्वाले सहमति जनाइ सकेको छ ।
बिगत २ बर्षसम्म हिउदका ४ महिना छोण्हुप गाबिसको लगानीमा ६ बटै बिद्यालयका बिद्यार्थीलाई एकिकृत गरि घुम्ति रुपमा पोखरामा पढाउन थाले पछि शिक्षाको गुणस्तर बृद्धि भएको भन्दै अभिभाबकहरुले स्वस्फुर्त रुपमा एकिकृत बिद्यालयको अवधारण पेश गरेका हुन । शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न छोण्हुपबासीको निणर्यलाई जिल्ला शिक्षा कार्यालय मुस्ताङले सकारात्करुपमा लिउको जनाएको छ । मुस्ताङका अधिकास बिद्यालयहरुमा बिद्यार्थी सख्या थोरै भएको अवश्थामा बिद्यालयहरु एकिकरण गनुपर्ने छोण्हुपबासीको प्रस्ताब जिल्लाको शिक्षाको गुणस्तर बृद्धिगर्न र बिद्यार्थी सख्या बढाउन मार्गदर्शक भएको जिल्ला शिक्षा अधिकारी देबेन्द्रराज खनालले बताए ।
बिद्याथी, शिक्षकको अनुपात हेर्दा हालको भन्दा राज्यको शैक्षिक लगानि बृद्धि नहुने गरि निशुल्क आवासिय सुबिधा दिएर शिक्षाको गुणस्तर र बिद्यार्थी सख्या बृद्धिगर्न सकिने बताउदै जिल्ला शिक्षा अधिकारी खनालले भने अव केही समय भित्र जिल्ला भरका बिद्यालय एकिकरणको ठोस प्रस्ताब लैजानु पर्नेभएकाले छलफल चलाइने छ । एकिकरणका लागि मन्त्रालय र बिभागबाट स्पष्ट निर्देशन प्राप्त भए प्रक्रिया अगाडि बढाउन सकिने र बिद्यालयहरु एकिकरण गरिएमा शिक्षामा सरकारको लगानी घट्ने, गुणस्तरीय शिक्षा प्राप्त हुने र बिद्यार्थी सख्या समेत बढाउदै सफलता पुर्वक सम्पन्न गर्न सकिन उहाको भनाई छ ।
एकिकरण प्रकृयाका लागि राज्यले हिमाली क्षेत्रका बिद्यालयलाई निशुल्क आवासिय सुबिधा उपलब्ध गराउने निति ल्याउन आवश्यक देखिन्छ । छोण्हुपका ६ बटा बिद्यालयमा करिब ५० बिद्यार्थी रहेका छन भने करिब १८ जना शिक्षकको दरवन्दि रहेको छ । बिद्यालय एकिकरण पछि सम्पुर्ण बिद्यार्थीका लागि बढिमा ५ जना शिक्षकले गुणस्तरिय शिक्षा दिन सक्ने छन भने बढि भएका शिक्षकहरुलाई आफ्नो घरपायकका जिल्लामा पढाउन सकिने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment