made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, July 14, 2011
आय आजर्नको बाटो देखाउदै स्वरोजगारका लागि सिप सिकाउन थालियो
चन्द्रश्वर बस्ताकोटी
असार ३० मुस्ताङ। मुस्ताङको बिकासका लागि स्थानिय बासीन्दालाई सिप सिकाउने कार्य मुस्ताङमा थालिएको छ । कालिगण्डकी करिडोर अन्र्तगत कागबेनी झैते सडक क्षेत्रका प्रभाबित स्थानीय युवाहरुलाई ड्राइभिङ र महिलाहरुलाई सिलाइकटाई तालिम मुस्ताङको बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपि), जिल्ला आयोजना कार्यालय (डिपिओ)ले थालेको हो ।
सडक निमार्णकार्य सगै प्रभाबित क्षेत्रका बासीन्दाको गरिबी न्युनीकरण गरि आयआर्जनको बाटो देखाउन सिपमुलक तालीमहरु शुरु गरिएको आयोजनाका प्रमुख इन्जिनियर प्रदिप बहादुर सिह यादबले बताउनु भयो । कागबेनी, छुसाङ, घमी एव प्रभाबित क्षेत्रका १० युवालाई म्याग्दी जिल्लाको बेनी बजार स्थित न्यु कन्फीडेन्स ड्राइभिङ इन्सीटीयुटमा गत असार १४ गते देखी हलुका सवारी चालकको प्रशिक्षण र १० महिलाहरुलाई छुसाङ गाबिसमा ३ महिने सिलाई कटाई तालिम शुरु गरिएको आयोजनाले जनाएको छ । तालीमले उनीहरुलाई स्वरोजगार बनाई सिपका माध्यमबाट आफै आय आर्जन गरि जीवनयापन गर्न सक्षम बनाउने लक्ष्य राखेको जिल्ला प्रविधिक कार्यालय मुस्ताङका कार्यालय प्रमुख समेत रहेका आयोजना प्रमुख इन्जिनियर यादबले बताउनु भयो ।
सिलाइकटाइ तालिममा सहभागी प्रशिक्षार्थी छुसाङकी उर्मीला गुरुङ सिप सिक्न पाएकोमा दगंपरेकी छन । उनले भनिन, सामान्य सिलाइका लागि पनि सदरमुकाम वा पोखरा, काठमाण्डौ धाउनु पर्दथ्यो, अव सिप सिकेपछि भने सबै गाउलेको सेवासगै मैले आम्दानीको श्रोत पनि पाउने भएकी छु । महिलाहरु अत्यन्तै मेहनतका साथ सिलाइकटाइ तालिम सिकिरहेको प्रशिक्षक बेनी श्रेष्ठ कपालीले बताउनु भयो ।
३ महिने सिलाइ कटाई तालीम र हलुका सवारी चालक प्रशिक्षणका लागि करिब सात, सात लाख रुपैया खर्च हुने अनुमान गरिएको असिष्टेण्ट सब इन्जिनियर कृष्ण उपाध्यायले बताउनु भयो । उपाध्यायले भन्नुभयो आरआरआरएसडिपिले मुस्ताङमा केहि महिना अगाडि करिब २२ करोडको टेण्डरगरि ४ कन्सल्टेन्ट नियुक्त भै कार्य थालेका छ । आयोजनाको मुख्यकाम सडकको कार्य सुरु भए पनि १० लाख सम्मका काम प्रभाबित क्षेत्रमा स्वरोजगारका लागि सिप, खानेपानी, सिचाई, बिद्यालय र हेल्थपोष्ट भवन, गोरेटोबाटो लगायतका काम गर्न सकिने असिष्टेण्ट सब इन्जिनियर उपाध्यायले जानकारी दिनु भयो ।
आयोजनाले लेते गाबिसको पैराथाप्ला देखि बादरजुङ र छोसेर खोलामा झोलुङे पुल, मार्फाको पुथाङ र लेतेको धासामा खानेपानीका योजनाहरु सुचारु भै अन्तिम चरणमा पुगेको जनाएको छ । कोवाङ, चराङ, छोसेर, छोण्हुपको चुङजुङ, ढिंगर, किमलिङमा खानेपानीको डिटेल सर्वे गरि डिजायनका लागि प्रक्रियामा रहेको, छुसाङ गाबिसको नरसिह खोलामा करिब १ करोड ७५ लाख र चराङगाबिसको चराङखोलामा करिब १ करोड २५ लाखको झोलुङे पुल निर्माणका लागि प्रोसेसिङ अन्तिम चरणमा पुगेको, छुसाङ गाबिस चैले स्थित कालीगण्डकीमा पक्की मोटरेबल पुलको प्रक्रिया समेत अन्तिम चरणमा पुगेको बताएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment