मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Monday, June 13, 2011

के चे युगको अन्त्य भयो ?

                                                सूर्यप्रकाश मल्ल-सुबासअमेरिकी साम्राज्यवादविरुद्व 'थुपै्र भियतनाम' निर्माण गर्न ल्याटिन अमेरिकी राष्ट्र बोलिभिया छिरेका चे ग्वेभारा ११ महिनाको छापामार अभियानपछि सन् १९६७ अक्टोबर मा पक्राउ परे भोलिपल्टै मारिए चेको जीवन, संघर्ष बलिदानको विश्वव्यापी चर्चासँगै उनको बारेमा थुप्रै बहस हुने गरेका छन् त्यसमध्ये एउटा बहस हो- चे युग अन्त्य भएको घोषणा ! बहसकर्ताहरूको तर्क , चेको छापामार युद्धनीति विश्वभर विफल भएको अतः चे युगको पनि अन्त्यको भएको पछिल्लो दशकमा छापामार युद्ध कहीँ जितेन, बरु छापामारहरू नै सखाप भए वा सत्ता-सम्झौतामा गए


यो बहसमा नेपाली वामपन्थीहरूको पनि समूह सामेल , जो चेलाई अराजकतावादी, दुस्साहसवादी रुमानी क्रान्तिकारीको पगरी गुथाउँथे उनीहरू छापामार युद्धको युगसँगै चे युगको अन्त्य भएको घोषणा गर्दै उनका अरू योगदानलाई लुकाइरहेका छन् उनीहरू नेपालका माओवादीसमेत शान्तिप्रक्रियामा आएबाट आफ्नो तर्कको पुनर्पुष्टि भएको धारणा राख्छन्  

के साँच्चै चे एक बन्दुके स्वभावका अल्लारे मात्रै थिए ? उनको कुनै वैचारिक व्यक्तित्व थिएन ? के छापामार युद्धको औचित्य सकिएकै हो ? हिजो अर्बेन्जहरूलाई सत्ताच्यूत गर्न सिआइए अग्रसर रहन्थ्यो, आज जेलायालाई सत्ताच्यूत गरिँदै हिजो जननिर्वाचित प्याटि्रस लुमुम्बाहरूलाई कुटीकुटी मारिन्थ्यो, आज सद्दाम हुसेनहरूलाई फासीको तख्तामा झुन्ड्याइन्छ हिजो क्युबामा जनसत्ता स्थापना भएकै निहँुमा नाकाबन्दी लगाउने अमेरिका आज पनि त्यो निर्णयमाथि पुनर्विचार गर्न तयार छैन चेको मृत्युको चार दशकपछि पनि अमेरिका आफ्ना नंग्रा तिखार्न व्यस्त केही वामपन्थी चे युग अन्त्यको घोषणा गर्नमै व्यस्त छन् ती उनै चे हुन्, जो साम्राज्यवादविरुद्ध थुप्रै प्रतिरोधी भियतनाम निर्माण गर्न युद्धमा होमिए उनै चे, जसले साम्राज्यवादविरुद्ध वातावरण बनाउन विश्व भ्रमण गरे उनै चे, जसले न्युयोर्कमा सम्पन्न राष्ट्रसंघीय साधारणसभालाई सम्बोधन गर्दै अमेरिकी साम्राज्यवादको खेदो खने अनि उनै चे, जो बोलिभियामा युद्धरत हँुदै साम्राज्यवादविरुद्ध हवानामा सम्पन्न त्रिमहादेशीय जनएकता सम्मेलनबाट मानार्थ अध्यक्ष चुनिए  
चे साम्राज्यवादविरुद्ध यतिविधि खनिनुको पछाडि उनमा पलाएको अराजकता वा अमेरिकाप्रतिको पूर्वाग्रही सोच बिल्कुलै थिएन उनी समुन्नत समाजवादी शासन प्रणाली स्थापना चाहन्थे, जसका लागि अवरोध थियो- साम्राज्यवाद समाजवाद निर्माणमा उनका आफ्नै आदर्श थिए उनी समाजवादको निर्माण पुँजीवादी तरिकाबाट होइन, उच्च क्रान्तिकारी नैतिकतामार्फत गर्नुपर्नेमा जोड दिन्थे यी आदर्श साकार पार्न उनले क्युबाली समाजवादमा थुपै्र प्रयोग गरे उनी समाजवादको प्रश्न केवल उत्पादनको न्यायोचित वितरणसँग मात्रै सम्बन्धित मान्न तयार थिएनन्, बरु यो साम्यवादसम्म पुग्न समुच्च बलिदानी क्रान्तिकारी चेतनाले भरिपूर्ण मानव निर्माणको प्रश्न पनि ठान्थे यही सोचका कारण आधा शताब्दी लामो अमेरिकी नाकाबन्दीका बाबजुद क्युबाली समाजवाद टिकेको समाजवादलाई टिकाउन जनतालाई केबल भौतिक लालच मात्र देखाउने पूर्वीयुरोपको समाजवाद भने ढल्यो  
उनी समाजवादको निर्माणका लागि नयाँ समाजवादी मान्छेको परिकल्पनाकार हुन्, जुन आदर्शवादी थिएन त्यसमा क्रान्तिकारी चेतनाले भरिपूर्ण 'नयाँ मानिस'को प्रतिविम्बन , जुन उनकै जीवनमा देख्न पाइन्थ्यो उनी त्यस्ता मान्छे थिएनन्- जो आदर्श एउटा बोक्छ काम ठीक उल्टो गर्छ उनी त्यही नयाँ मान्छे थिए, जसले मन्त्री हुँदासमेत मजदुरको भन्दा एक पैसा बढी पारिश्रमिक लिएनन्, ठूला बंगलामा नबसी एउटा दुईकोठे झुपडीलाई निवासस्थान बनाए अनि सुटबुट पहिरिएर हिँडेनन्, बरु मजदुरकै जस्तो लुगा लगाए मन्त्रालयको काम सकेर उनी साँझमा मजदुरहरूलाई पढाउँथे भने रातमा किसानहरूलाई ! जहाँ साक्षरतासँगै क्रान्तिकारी आदर्श नैतिकताको पाठ पढाउँथे उनी बिदाको छुट्टी मनाउन उनी कुनै पार्क वा रिसोर्टमा पुगेनन्, बरु उखु काटेर, कारखानामा काम गरेर, कुल्लीको काम गरेर उनले श्रमदान गरे के स्वार्थको राजनीतिमा लुटपुटिएकाहरू चेको जस्तो सोच लिएर एक दिन मात्र पनि बाँच्न सक्छन् ? सक्दैनन् भने उत्पीडितले चाहेकोजस्तो समाजको परिकल्पना गर्ने चेलाई औला ठड्याउने अधिकार पनि उनीहरूलाई छैन  


जहाँसम्म छापामार युद्धको प्रसंग , त्यो आज पनि जायज कोही पनि मान्छेले रहरले बन्दुक बोक्दैन सशस्त्र संघर्ष नै हरेक विद्रोहको समुच्च रूप रहिआएको छापामार युद्ध सञ्चालनको क्रममा बन्दुकप्रति अति विश्वास गर्ने चेको कमजोरीलाई स्विकार्न सकिन्छ तर, त्यो कमजोरीे विश्वलाई मुक्त गर्ने उनको नियतभन्दा सानै यसर्थ छापामार युद्धको औचित्य समाप्त भइसकेको मान्न सकिँदैन ठीक ढंगले निरन्तर सञ्चालन गरेको खण्डमा यसले सफलता पाउनेमा शंका छैन फरक यत्ति हो, क्युबामा तीन वर्षमै सफलता पाइयो भियतनाममा आधा शताब्दीमा चे भन्छन्- 'मेरो पराजयको अर्थ विजय अप्राप्य भन्ने होइन एभरेस्टको शिखरमा पुग्ने प्रयास गर्दा कैयौँ व्यक्तिले पराजय भोग्नुपरेको पनि अन्तिम परिणाममा त्यसमाथि विजय नै प्राप्त भएको '


यी तथ्यले देखाउँछन्, सीमित कमजोरीका बाबजुद चे उनको विचार आज पनि सान्दर्भिक छन् चे युग अन्त्य भएको छैन, बरु विश्वभर फैलँदो सट्टामा तिनीहरूको युगको अन्त्य हुँदै - जो पैसाको अगाडि नैतिकता बेच्छन्, जो पद प्रतिष्ठालाई क्रान्ति बलिदानसँग सौदाबाजी गर्छन्, जो मुखले माक्र्सवादको नारा लगाउँछन् बगलीमा जनतालाई दिग्भ्रमित पार्ने कुरा बोकेर हिँड्छन्

No comments:

Post a Comment