मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, July 12, 2011

प्राचिन मानिसहरुको बस्ती – मानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचारप्रसारको पर्खाइमा

चन्द्रश्वर बस्ताकोटी असार मुस्ताङ

प्राचिन मानिसहरुको बस्तीमानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचार प्रसारको पर्खाइमा रहेको हिमाली जिल्ला मुस्ताङको उत्तरी गाबिस तिब्बतको सिमा सग जोडिएको छोसेर गाबिसमा रहेको झोङ गुफा रहेको
झोङ गुफा समुन्द्री सतहबाट करिव २९.२३५८३० उत्तरी अक्षांश, ०३८.९८२७८० पूर्वी देशान्तर करिब हजार मिटरको उचाइमा रहेको प्राचिन मानिसहरुको घर मानिने यस गुफामा वटा तला सय वटा कोठाहरु छन् यस गुफामा धेरै समय पहिले करीव ५०० जना मानिहरुको वसोवास थियो भन्ने भनाई रहेको स्थानिय बासिन्दा बताउदछन
छोसेरका गाबिस सचिब ठाकुर प्रसाद अधिकारी यसलाई प्रचीन गाउँको सज्ञा दिइने बताउनु हुन्छ गुफामा प्रवेश गर्न प्वाल सहितको गेट रहेको   भित्र माथी तलामा जाने प्वालका ढोका रहेकाछन यस गुफाभित्र प्राचिन मानिसहरुले प्रयोग गर्ने भाडाकुँडा, लगाउने कपडा, जुत्ता, चप्पल उनीहरुले प्रयोगमा ल्याएने समानहरु देख्न सकिन्छ यो गुफा एउटा ठुलो पहाडमा निर्मित घर जस्तै गुफा बाहिरबाट हेर्दा पहाडजस्तो देखिएपनी यस भित्र खाना पकाउने कोठा, सुत्नेकोठा ट्वाइलेट अझै पनि छन् गुफाको पाँचौ तलामा पुगी प्वाल पारी बनाइएको झ्यालबाट बाहिर हेर्दा सबै छोसेरका सबै गाउ देख्दा जोकसैलाई पनि छुटै आनन्दको अनुभुति हुन्छ गुफामा मानिसको बस्ती नभएपनि आसपासमा रहेका अन्यससाना गुफामा अझैपनी मानीसहरु बाहिर घरको आवरण बनाएर बस्दै आएका छन् छोसेरका निवर्तमान गाबिस सचिब शंखलाल गुरुङको पुरानो घर समेत यस्तै अर्को गुफा सग जोडिएको अहिले पनि देख्न सकिन्छ
गुफा सम्बन्धि २५०० वर्ष अगाडीको एउटा महत्वपूर्ण ऐतिहासिक कथन यस गुफामा एउटा भित्रजाने गेट , जसमा तलाहरु प्रत्येक तलामा धेरै कोठाहरु छन् एकदिन हजगाभा भन्ने तिब्बतियन समूहले यस गाउँलाई आक्रमण गर्न खोजेछन् त्यस गुफाभित्र जाने प्रयास गरेछन तर सकेनछन् त्यहाँ जान नसकेपछि त्यस गाउँमा आउने पानिको मुहान नै बन्द गरीदिएछन् त्यसपछि गाउँलेहरुले निकालेको जुक्ति अनुसार एकजना महिलाले आफ्नो टाउको तोरीको तेलले नुहाइन् उक्त कुरा देखेपछि त्यस समुहले यहाँ नुहाउने पानी पनि रहेछ, खाने पानी किन नहोला भन्ने ठानी आफुहरु हार मानेर त्यहाँबाट भागेछन् यसरी यस गुफालाई गाउँलेहरुले बासस्थान मानेका छन् हिमालपारीको जिल्ला मानिने मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट यस गुफामा पुग्न करिव दिनको पैदल यात्रा गर्नुपर्दछ जोमसोमबाट यस ठाउमा आइपुग्न कागवेनी, छुसाङ, घमि, चराङ, लोमान्थाङ हुदै छोसेरसम्मको यात्रापछि यस गुफामा पुगिन्छ हिमालयन छोसेर युवा क्लवले यस गुफाको संरक्षण गर्दै आइरहेको क्लबका अध्यक्ष टासी गुरुङले बताउनु भयो यस गुफाको अगाडी एउटा ठूलो फुटवल ग्राउण्ड निमार्णाधीन अवस्थामा रहेको आगामि asarko अन्तिम हप्ता यसै ग्राउण्डमा उपल्लो मुस्ताङका युवाहरुको क्लब स्तरिय फुटबल प्रतियोगिता हुने अध्यक्ष गुरुङले जानकारी दिनु भयो

यस गुफाको ब्यापक प्रचारप्रसार भएमा नेपालकै पर्यटन प्रवद्र्धन गर्न कोसेठुङा साबित हनेमा दुइमत छैन पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण सम्भावना वोकेको गुफाको प्रचार प्रसार गर्न  स्थानिय स्तर देखि राष्ट्रियबाट लाग्नु पर्ने देखिन्छ अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङले गुफा संरक्षण सम्वर्धनका साथै भित्र जाने ¥याङ, बाटो बनाएको सबैले गुफाको प्रचार प्रसारमा बिषेश ध्यान दिनु पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङका कार्यालय प्रमुख निरञ्जन ठुङाना बताउनु हुन्छ

No comments:

Post a Comment