made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 16, 2011
बित्तिय सस्थाले सामाजिक उत्तरदायित्व वहनर्गदै दुर्गम जिल्लामा स्वास्थ सिबिर सम्पन्न
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ३१ जेष्ठमुस्ताङमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । क बर्गको बित्तिय सस्था फेवा फाइनान्सले बित्तिय सेवाका साथै सस्थागत सामाजिक उत्तर दायीत्व बहन गर्न हिमाली जिल्ला मुस्ताङमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको हो । सिबिरमा ३ सय २८ जनाले निशुल्क औषधि उपचार गदै स्वास्थ्यलाभ लिएका थिए ।
आफ्नो आठौ बार्षिक उत्सबको अवसरमा फाइनान्सले गत आइतबार कागबेनीको समाज घर र सोमवार पुथाङको सामुदायीक भवनमा बिरामीले स्वास्थ लाभ लिए थिए । ३ सय २८ जनाले उपचार गराएको फाइनान्सका अध्यक्ष शुशिल गौचनले बताए । बिरामीलाई सिबिरमा उपचारका साथै औषधी समेत निशुल्क दिइएको थियो । नाक, कान, धाटीका २सय ५० र प्रसुति रोगका ७८ जना उपचार गदै औपाधी दिइएको थियो ।
नाक, कान, घाटी र प्रसुति रोगका बिरामीहरुलाई सिबिरमा २ जना बिशेषज्ञ अनुभबि वरिष्ठ चिकित्सकबाट उपचार गराइएको थियो । नाक, कान, घाटीका बिशेषज्ञ अनुभबि वरिष्ठ चिकित्सक डा अनुपराज आचार्य र प्रसुति रोगकी बिशेषज्ञ अनुभबि वरिष्ठ चिकित्सक डा अनु शेरचन बिरामीको उपचारमा सलग्न हुनु हुन्थ्यो भने जिल्ला अस्पताल मुस्ताङको स्विकृति लिएर सचालन गरिएको सिबिरका लागि चाहिने प्राबिधिक जनशक्ति जिल्ला अस्पतालले उपलब्ध गराएको थियो ।
स्थापनाकाल देखिनै बैकिङ कारोवारका साथै सस्थागत रुपमा सामाजिक सेवामा समेत फाइनान्स लागेको फेवा फाइनान्स केन्द्रिय कार्यालय पोखराका नायब महाप्रवन्धक तारानाथ लम्सालले बताए । आफ्नो बित्तियकारोबारका साथै सामाजिक उत्तर दायित्वलाई बिषेश ध्यानदिदै आएको फाइनान्सले यसपटक बिकट क्षेत्रमा स्वास्थ्यको पहुचकम भएकोले स्वास्थय सिबिर सचालन गरिएको लम्सालले बताए ।
फाइनान्सले पोखरामा अनाथ असाहाय बालबालिका लाई खाद्यान्न र लत्ताकपडा सहयोग, फेवाताल संरक्षणकालगि पैदलमार्ग निमार्णमा सहयोग, फेवातालको जलकुम्भी झार निकाल्ने कार्य, तालबाराहि मन्दिरमा पर्यटकहरुलाई बस्ने बेन्च सहयोग लगायतका कार्यक्रम गरिसकेको फाइनान्सका अध्यक्ष गौचनले बताए । फाइनान्सले आगामिबर्ष भित्र जोमसोमशाखामा एटिएम काउण्टरको ब्यबस्था गरि ग्राहकलाई थपसुबिधा दिने समेत गौचनले जानकारी दिए ।
फाइनान्सका हाल सम्म जोमसोम, पोखराको बगर, अमरसिह चोक, बिरौटा, काठमाण्डौको सुन्धारा, महाराजगञ्ज, भरतपुर, पाचथरको फिदिममा गरि ८ बटा शाखा र पोखराको चिप्लेढुङामा केन्द्रिय कार्यालय रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment