मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, July 12, 2011

गाउँ गाउँमा शान्ति र सबिधानका लागि जनसांस्कृतिक अभियान शुरु

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ , जेष्ठ ३१,
हिमाली जिल्ला मुस्ताङमा समयमै शान्ति संविधान निमार्णका लागि सास्कृतिक अभियान शुरु भएको ।सबिधानसभाको म्याद पटक पटक थप्दा पनि अन्योलको स्थिति सृजना भएकोले चुनु सिल्पा सास्कृतिक परिवारले महिने अभियान मुस्ताङ लगायत अन्य जिल्लामा पनि थालेको हो करिब २५ जना कलाकार सहितको टोलीले मुस्ताङको घाँसाबाट मंगलबार अभियान शुरु गरेको हो ।सास्कृतिक अभियानमा शान्ति सबिधान सम्वन्धि चेतनामुलक कार्यक्रमहरु प्रस्तुत गरिने बताइएको एनेकपा माओवादी मुस्ताङका जिल्ला इन्चार्ज कृष्ण प्रसाद पराजुली परिवर्तनले  समयमै सबिधान बनाउन, सम्मानजनक सेना समायोजन गर्न शान्ति ब्यबस्थापन गर्न स्थानिय स्तरबाट राज्यलाई दवाव दिने उद्देश्य सहित अभियान शुरु भएको जानकारी दिनु भयो ।अभियानका क्रममा प्रत्येक गाउँमा संगठन विस्तार, बर्तमान राष्टिय राजनीतिक परिस्थितीको बारेका जनतालाई सुसुचित गराउन जनसचेतना जगाउन कार्यक्रम गरिएको इन्चार्ज परिवर्तनले बताउनु भयो अभियान घाँसा, कुञ्जो, लेते, कोवाङ, टुकुचे मार्फा, जोमसोम, कागबेनी मुक्तिनाथ, झोङ, छुसाङ, चराङ, घमि, लोमान्थाङ, सुर्खाङ, छोण्हुप छोसेर गाबिसका सबै गाउमा पुगेर गरिने बताइएको  अभियानको क्रममा तमुवानको चुनु शिल्पा जनसांस्कृतिक परिवारका कलाकारहरुले नाचगान, नाटक, चुडका, स्थानिय भाषाका सांस्कृतिक कार्यक्रम, ब्यङग्यात्मक प्रहशन लगायत प्रर्दशन गर्ने छन सिहलो दिनको कार्यक्रममा स्थानिय बासिन्दाको अत्यधिक सहभागिता भएको कलाकार गोबिन्द कडेलले बताउनु भयो  एक महिने अभियानमा एनेकपा माओवादीका मुस्ताङ जिल्ला इन्चार्ज . कृृष्णप्रसाद पराजुली परिवर्तन, जिल्ला सेक्रेटरी गायत्रि दुरा कुसुम लगाएतका पार्टीका कार्यकर्ता समेत सहभागी हुनेछन

No comments:

Post a Comment