made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Tuesday, July 12, 2011
मुक्तिनाथमा लेक लागि एकको मृत्यु, लास आफ्नै घर गुल्मी तर्फ लगिदै
चन्द्रश्वर बस्ताकोटी मुस्ताङ ,
मुक्तिनाथको रानीपौवामा एक तिर्थयात्रीको लेक लागि मृत्यु भएको छ । गुल्मी जिल्ला रुरु गाबिस बडा नं ६ घर भएका ६४ बर्षिय श्याम प्रसाद कसजुको मुक्तिनाथको रानीपौवा धर्मशालामा बेलुका सुतेको अवश्थामा सनिवार लेक लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको हो ।कसजुको लास जिल्ला अस्पताल मुस्ताङमा ल्याई आफन्तको रोहवरमा पोष्टर्माटम गरिएको थियो । मुक्तिनाथको तिर्थयात्रामा आएका कसजुको मृत्यु भएको खवर पाएपछि आइतबार दिउसो छोरा सहित आफन्तहरु जोमसोम जिल्ला अस्पताल आइपुगेका थिए । मृतक कसजुको अन्तिम दाहसस्कारका गर्न लासलाई गुल्म नै लैजान त्यस तर्फ हिडाइएको मृतकका छोरा सुन्दर कसजुले जोमसोममा बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment