made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Tuesday, July 12, 2011
बेनी जोमसोम सडक अलपत्र
चन्द्रश्वर बस्ताकोटी जोमसोम २० असार ।
नेपाली सेनाद्धारा निर्माणाधिन बेनी–जोमसोम सडक हस्तान्तरणका विषयमा सहमति जुट्न नसक्दा अलपत्र परेको छ । सडक बिभागलाई हस्तान्तरण गर्ने नगर्ने विषयमा दुविधा उत्पन्न भएपछि सडक अहिले अलपत्र परेको हो । बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर ट्रयाक खोलेर नेपाली सेनाले सडक बिभागलाई हस्तान्तरण गर्न खोजेपनि बिभागले मानेको छैन् चालु आर्थिक वर्षभित्रमै बिभागलाई हस्तान्तरण गर्ने तयारी सहित सडक निर्माणका लागि आएको सेनाको कार्यदल गण फर्कीसकेको छ । पोखरेबगरमा केही संख्यामा रहेपनि अन्य ठाउँबाट सेनाको टोली सरुवा भैसकेको छ । सेनाको टोली नहुँदा एक सातादेखि सडकका विभिन्न ठाउँमा पहिरो गएपछि ठाउँ ठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता छ । यसअघि सडक अवरुद्ध हुँदा सेनाले खुलाउने गरेको थियो ।म्याग्दी र मुस्ताङका बासिन्दाले हिउँदसम्मका लागि सडक सेनाकै जिम्मेवारीमा रहनुपर्ने माग गरेका छन् । वर्षा मौसममा बाढी पहिरोले सडक अवरुद्ध हुने र सडक बिभागले सडक खुलाउन सक्ने संम्भावना कम भएकाले यात्रुको सुबिधाका लागि अहिले बिभागलाई हस्तान्तरण गर्दा समस्या पर्ने भुरुङ तातोपानीको होटल व्यवसायी भुवन गौचनले बताउनुभयो । सडकको निरन्तरताका लागि वर्षा याममा सेनाको आवश्यकता रहने स्थानीयबासीको माग छ नेपाली सेना सडक हस्तान्तरणका लागि तप्पर भएपनि स्थानीयबासी र बिभागले नमान्दा दुवीधा उत्पन्न भएको बेनी जोमसोम कार्यदल गणका ईञ्जिनियर सेनानी धर्मेन्द्र झाले बताउनुभयो । स्थानीयबासीको दवावसँगै सडक बुझ्न सडक बिभागले पनि तप्परता नदेखाउँदा दुवीधा उत्पन्न भएको हो । डिजाईन र योजना अनुसारको काम सकिएको हस्तान्तरण गर्न खोजीएको झाँले बताउनुभयो ।
सबै जिल्ला सदरमुकामलाई मोटरबाटोले जोड्ने सरकारको नीतिअनुसार २०५८ मंसिरदेखि सेनाले बेनी जोमसोम सडक निर्माण सुरु गरि २०६४ फागुन २३ गते सेना दिवसको अवसरमा यातायात खुला गरेको थियो । द्धन्द्ध कालमा काम सुरु भएको सडक खण्डको बाँदरजुङ, महभिर, तातोपानी लगायत भिरमा सेना र मजदुरले ट्रयाक खोलका थिए ।
द्धन्द्धकालमा तिप्ल्याङबाट अघि बढ्न नसकेको सडक निर्माण कार्यले २०६३ सालपछि मात्र गति लिएको थियो । सडक निर्माणका लागि हालसम्म ५८ करोड रुपैया खर्च भएको झाँले बताउनुभयो । असार पहिलो हप्ता सडकमा पर्ने ७ स्थानका खोलामा बेलीब्रिज निर्माण गरेपछि ट्रयाक खोल्ने काम सकिएको सेनाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment