मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, July 12, 2011

बिश्व सम्पदा सुचिमा लोमान्थाङ दरवार, नेपाललाई युनेस्कोको उपहार

चन्द्रश्वर बस्ताकोटी
  असार २४ मुस्ताङ। उपल्लो मुस्ताङको ऐतिहासिक एव पुरातात्वीक लोमान्थाङ दरवारलाई युनेस्कोले विश्वको उत्कृष्ट सम्पदाको सुचिमा राख्ने भएको  फ्रान्सको राजधानी पेरिसमा जुन २९ मा सम्पन्न विश्व सम्पदा समितिको ३५ सम्मेलनले पन्धौ शताब्दीमा निर्मित एउटा पर्खाल भित्र पुरै गाउ रहेका तले माटोको दरवारलाई विश्वकै सम्पदाको रुपमा मान्यता दिइने भएको होे

पुरातत्व विभागले हरेक पाँच बर्षमा प्राकृतिक, पुरातत्व, धार्मिक सास्कृतिक सम्पदाबारे नियमित प्रस्ताविक सुचि पेश गर्ने प्रावधान अनुसार यसबर्ष करिब सात सय बर्ष पुरानो सय आठ कोठा रहेको लोमान्थाङ दरवार विश्व सम्पदा सुचिमा पर्ने भएकोे हो

२५ पुस्ता पहिले राजा अमिपालका पालामा बनाइएको मुस्ताङी राजाहरुको लामो इतिहास बोकेको दरवार संरक्षणको अभावमा जिर्ण बन्दै गइरहेको बेला विश्वकै सम्पत्तीको मान्यता दरवारलाई दिने भएको हो यसबाट मुस्ताङमा आगामी बर्ष पर्यटकको थप आर्कषण हुने भएकाले पनि सम्पदाको संरक्षणमा राज्यले समेत लगानी गर्नुपर्ने पर्यटनका क्षेत्रमा काम गर्ने संघसंस्थाले बताएका छन्

नेपालमा अहिले सम्म पशुपति, भक्तपुर, सगरमाथा, लम्बिनी, पाटन लगायत गरि विभिन्न वटा एतिहासिक तथा सास्कृति सम्पदालाई सुचीमा राखेको माटोवाट बनेको दरवार लगायतलाई बिश्व सम्पदा सुचिमा राख्न नेपाल सरकारले बिगत बर्ष देखि प्रयास गरिरहेको थियो

हालैमात्र सम्मेलनबाट फर्केका पुरातत्व बिभागका महानिर्देशक बिष्णुराज कार्कीले टेलीफोन सम्पर्कमा भने सम्मेलनले निर्णय गरेपनि औपचारीकता पुरा गर्न बाकी रहेको

सास्कृतिक, धार्मीक एव प्र्राकृतिक दृष्टीले समेत प्रख्यात उपल्लो मुस्ताङको लोमन्थाङ दरवार भने पारिवारिक कारणले बिवादित रहदै आएको यो निर्णयबाट पर्यटन ब्यवसायी निकै उत्साहित भएका छन् यसबाट पर्यटनका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने एक्याप लोमान्थाङका प्रमुख निरन्जन ढुगानाले बताए उनले भने, ‘यसबाट पर्यटनमा निकै सकारात्मक प्रभाव देखिने

उपल्लो मुस्ताङको प्रमुख गन्तब्यको रुपमा रहेको लोमान्थाङ दरबार त्यहाँ पुग्ने पर्यटकको प्रमुख आर्कषणको रहने गरेको दरबारमा रहेको एतिहासिक महत्वका वस्तुको अवलोकन, पुर्व राजाको कार्यशैलीको बारेमा जानकारी लिन पनि यहाँ आउने पर्यटकहरूले समय लिने गरेका छन्

उपल्लो मुस्ताङ आउने पर्यटकहरू दरवार देखेर बढि आर्कषित हुने गरेको महाकरुण साक्यपा विद्यालयका प्रिन्सीपल छिरिङ टासी गुरूङले बताए उनले भने, ‘दरबारको संरक्षण गर्न सक्ने हो भने यसबाट राज्यले राम्रो आम्दानी गर्न सक्छ

No comments:

Post a Comment