मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, July 12, 2011

शान्ति र सबिधानका लागि गाउँ गाउँमा भएको १ महिने जनसांस्कृतिक अभियान सम्पन्न

चन्दश्वर बस्ताकोटी
 असार २६ मुस्ताङ।

 
हिमाली जिल्ला मुस्ताङमा समयमै शान्ति संविधान निमार्णका लागि जनस्तरमा शुरु भएको महिने जनसास्कृतिक जागरण अभियान आइतवार सम्पन्न भएको

करिव महिना सम्मभएको अभियान सदरमुकाम जोमसोम स्थित मार्फा गाबिसको पुथाङ सामुदायीक भवनमा बिषेश जनसास्कृँतिक कार्यक्रम प्रस्तुत गरेर समापन गरिएको थियो कार्यक्रममा सदरमुकाम स्थित प्राय सरकारी कार्यालयका प्रमुख, कर्मचारी, जिल्लाका बिषेश ब्यक्ति, स्थानिय बासिन्दालगायतले अवलोकन गरेका थिए

बर्तमान राष्टिय राजनीतिक परिस्थितीको बारेका जनतालाई सुसुचित गराउन जनसचेतना जगाउन कार्यक्रम गरिएको गरिएको बताउदै एनेकपा माओवादी मुस्ताङका जिल्ला इन्चार्ज कृष्ण प्रसाद पराजुली परिवर्तनले महिने अभियान समापन सहित सदरमुकाममा बिषेश सास्कृतिक कार्यक्रमको आयोजना एनेकपा माओवादी एनेकपा माओवादी मुस्ताङले गरेको बताउनु भयो  

लेतेको घासाबाट शुरु भएको जनसास्कृतिक अभियान मुस्ताङका १६ बटै गाबिसका २० स्थानमा शान्ति सबिधान सम्वन्धि चेतनामुलक कार्यक्रमहरु प्रस्तुत गरिएको बताउदै अभियानको नेतृत्व गरेकी जिल्ला सेक्रेटरी गायत्रि दुरा कुसुमले भन्नु भयो, “समयमै सबिधान बनाउन, सम्मानजनक सेना समायोजन गर्न शान्ति ब्यबस्थापन गर्न स्थानिय स्तरबाट राज्यलाई दवाव दिने उद्देश्य सहित अभियान शुरु गरिएको हो

जनसास्कृँतिक अभियानमा चुनु सिल्पा सास्कृतिक परिवारका करिब २५ जना कलाकार सहितको टोलीले सबिधानसभाको म्याद पटक पटक थप्दा पनि अन्योलको स्थिति सृजना भएकोले भन्दै गाउ गाउका स्थानियबासीन्दालाई प्रगतिशिल जुझारु प्रर्दशनी मार्फत जागरण गराएका थिए शान्ति सबिधान सम्वन्धि चेतनामुलक कार्यक्रमहरु प्रस्तुत गरेका कलाकारले ुहाम्रो मुक्तिको यात्रा रोकीएको छैन, रातोपाइला मेटिएको छैनु ,  ुसलाम तिमीलाई सहिद तिम्रो सपना बाकी पुरा गर्नलाईु लगायतका प्रगतिशिल गितले सबै गाउका बासिन्दालाई उत्साहित बनाएको टोलिमा सहभागी एकिकृत अखिल नेपाल जनसास्कृतिक महासघका केन्द्रिय सदस्य एव चुनु सिल्पा सास्कृतिक परिवारका सस्थापक सयोजक मणि चन्द्र कडेलले बताउनु भयो

जागै बस साथी जागै बसु भन्ने जनसेनाको पहिरनको प्रर्दशनी सबैको रोजाई बनेको थियो जनदोहोरी, तामाङसेलो, कौडा नृत्य, माग्ने बुडाको क्यारीकेचर, मर्करी डान्स, अभियानका बेला बिषेश चर्चामा रहे अन्तिम बिकल्प सबिंधान, सबिधान नबने बिद्राह भन्ने प्रर्दशनी प्रति सबैको चासो रहेको चुनु सिल्पा सास्कृतिक परिवारका संयोजक नारायण दगाल राजनले बताउनु भयो

गत जेष्ठ ३१ गते मगलवार घाँसाबाट शुरु भएको अभियान, लेते, ताक्लुङ, कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम, पाङलिङ, कागबेनी, झारकोट, रानीपौवा, झोङ, ताङवे, धमी, चराङ, लोमान्थाङ छोण्हुपको  ढिगंरमा पुगेर अभियान गरिएको थियो

चेतनामुलक नाचगान, नाटक, चुडका, कौडा, तामाङ सेलो, जनदोहरी, स्थानिय भाषाका सांस्कृतिक कार्यक्रम, ब्यङग्यात्मक प्रहशन लगायत प्रर्दशन गरिएको कार्यक्रममा म्याग्दी लोकतारा शुसीला बिकको स्वरले सबैलाई मन्त्रमुग्ध पारेको थियो
 

No comments:

Post a Comment