made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Tuesday, July 12, 2011
जनस्वास्थ्य संरक्षण गर्न पशु स्वास्थ्यमा जोड
चन्द्रश्वर बस्ताकोटी
असार २७ मुस्ताङ। जिल्ला पशु सेवा कार्यालय मुस्ताङमा सोमवार १ दिने बर्डफ्लु तथा जुनोटीक रोग सम्वन्धि गोष्ठी सम्पन्न भएको छ ।कार्यक्रमको सभापतित्व गर्नु भएका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जनस्वास्थ्य संरक्षण गर्न पशु स्वास्थ्यमा जोड दिनु भएको भएको थियो ।
जुनोटीक रोग र पट्के रोगबारे जिल्ला पशु सेवाकार्यालय मुस्ताङका कार्यालय प्रमुख डा गुरु प्रसाद खकुराल एव बर्डफ्लु र रेबिज रोग बारे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा शोभाराम सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मासु ब्यबसायी, स्थानिय बासीन्दा, बिभिन्न राजनितिक दलका प्रमुख एव प्रतिनिधि, बिभिन्न कार्यालयका कार्यालय प्रमुख, पत्रकार, कर्मचारीको बिशेष उपस्थिती रहेको कार्यक्रममा आधुनिक जिबन शैली सगै पशु चिकीत्सा र जनस्वास्थ्य का बारेका जानकारी गराइएको थियो ।
पशु वा पशुजन्य पदार्थबाट पर्नजाने प्रतिकुल असरको नियन्त्रण गरि जनस्वास्थ्य संरक्षणमा टेवा पु¥याउन कार्यक्रमको आयोजना गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा खकुरालले बताउनु भयो । जिलला बिकास समिति मुस्ताङका स्थानिय बिकास अधिकारी श्याम राज अधिकारीले कार्यपत्रको समिक्षा गदै मन्तब्य राख्नु भएको थियो । कार्यक्रम पशुस्वास्थ्य प्राबिधिक आइतबहादुर थकालीले सचांलन गरेको गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment