मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, July 12, 2011

२०२२ सालमा राखिएको प्रहरी चौकीमा आजसम्म पनि उजुरी आएन

मुस्ताङ, असार
मुखियाको सहभागितामा गाउघरमा हुने गरेका घटनालाई मिलाउन थालेपछि उपल्लो मुस्ताङको लोमान्थाङका साथै आसपासका गाविसमा हालसम्म पनि उजुरी परेको छैन उपल्लो मुस्ताङको विभिन्न गाविसमा चौकी स्थापना भएको करिव सचालिस-४७) बर्ष पुग्दा समेत  एउटा पनि लिखित उजुरी परेका छैनन्
उपल्लो मुस्ताङका गाउ विकास समिति मध्य छोसेर, छोन्हुप, सुरर्खाङ, लोमान्थाल घमि गाविसमा रहेका इलाका प्रहरी तथा चौकीमा सर्वसाधारणको समेत न्युन उपस्थिती रहने गरेको गाउामा प्रचलित मुखिया शासनले गर्दा अधिकास उजुरी गाउा मुखियाकहाा पुग्ने गरको उजुरी भित्रभित्रै मिलाउने गरेका कारण हालसम्म एउटा पनि उजुरी नपरेको सिमा प्रहरी चौकी लोमान्थाङका प्रहरी नायव निरिक्षक थानबहादुर मल्लले बताउनुभयो
२०२२ सालमा लोमान्थाङमा स्थापना भएको सिमा प्रहरी चौकीमा उजुरी दर्ता हुन आउनुपर्व नै गाउमा रहेका मुखियाले घटना मिलाउने गरेका छन् यस्तै तिब्वतको सिमाना संग जोडिएको छोसेर गाविसमा रहेको २०४७ सालमा इलाका प्रहरी चौकी स्थापना भएको भएपनि अहिलेसम्म कुनैपनि उजुरी परेको छैन नेपाल सरकारले नागरिकको सुरक्षाका लागि पठाएको भएपनि स्थानियबासिन्दाले विश्वास गर्न नसक्दा प्रहरीको भुमिका निस्कृय भएको इलाका प्रहरी कार्यालय छोसेरका प्रहरी सहायक निरिक्षक कुलबहादुर थापाले बताउनुभयो
इलाका प्रहरी कार्यालयका साथसाथै जिल्ला अदालत मुस्ताङमा समेत निकै कम मुद्धा दर्ता हुने गरेको मुस्ताङीहरुको प्रहरी प्रशासन प्रति कम आर्कषण भन्दापनि बषौ देखिको सस्कारका कारण गाउा मुखियाकोमा जाने गरेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको सामान्य बिवाद मिलाउने काम राम्रो भएपनि ज्याम मार्ने लगाएत अपाराधिक घटनामा भने मुखियाले प्रहरीलाई जिम्मा दिनुपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो पुरानो संस्कारलाई निरन्तरता मात्र भएको लोमान्थाङका गाउा मुखिया तान्टुक विष्टको भनाई मुखिया प्रथाले स्थानियतहमा प्रहरी प्रशासनले गर्ने काम गर्छ भन्नु गलत भएको समेत उहााको भनाई मुस्ताङको १६ गाविसका ९२ गाउमा ९० मुखिया रहेको छन

No comments:

Post a Comment